क्रिप्टोकरेन्सी बजारमा यस्तो तीव्र गिरावटको कारण के हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2022 | 01:17:26 AM मा प्रकाशित

laxmi  sunrise bank

क्रिप्टोकरेंसीका लगानीकर्तालाई अंग्रेजी क्यालेन्डरको नयाँ बर्षको सुरुवाती दिन सुखद देखिएपनि अहिले अवस्था चिन्ताजनक देखिएको छ। अन्य  क्रिप्टोकरेंसीले लगानीकर्ताको बिश्वास गुमाउदै गर्दा बर्षौंदेखि यस बजारमा प्रभुत्व जमाईरहेको बिटकोईनलाई पनि ठुलो धक्का लागेको छ। 

केहि महिना अगाडी बिटकोइनको प्रति कोइन ६९ हजार डलर पुगेकोमा अहिले यसको मुल्य ओरालो लागेर प्रति कोइन २५ हजार अमेरिकी डलरमा झरेको छ। बिटकोइनको मुल्य पनि एकै दिनमा ११.२४% ले घटेर प्रति कोइन २८ हजारमा पुगेको छ। जसको उच्चतम मुल्य प्रति कोइन  ६९ हजार माथि सम्म पुगेको थियो भने सबैभन्दा कमप्रति युनिट ०.०९ सम्म पुगेको थियो।  

बिटकोइनको साथसाथै अन्य कोइनहरु इथेरियम, सोलाना, कर्डानो को मुल्य पनि दोहोरो अंकले घटेको छ। पछिल्ला समय कारोबारमा आएका हजारौं क्रिप्टोकरेंसीहरु मध्ये उत्कृष्ट दर्जन संस्थामा पर्न सफल टेर्रा लुना पनि क्र्यासको अवस्थामा पुगेको छ। 

तीनमहिनाको अवधिमा प्रति कोइन ५० डलरबाट १२० डलर पुगेको टेर्रा लुनाको मुल्य अहिले क्य्रास भएर प्रति कोइन शुन्य दशमलब ०११ पुगेको छ। हप्तादिनमै यसको मुल्य प्रति कोइन ८० डलरबाट घटेर शुन्य दशमलब ०११ डलरमा पुगेको हो। अर्थात झन्डै शुन्यको अवस्थामा पुगेको छ।    

बिटकोइनको मुल्य केहि सम्हालीएपनि टेर्रा लुना जस्ता क्रिप्टोकरेंसीमा आएको अस्वाभाविक उतार चढावले क्रिप्टोकरेंसीका लगानीकर्तालाई झस्काएको छ। यसले यस्ता क्रिप्टोकरेंसीका लगानीकर्तालाई जोखिम र प्रतिफलको सम्बन्ध बुझ्न पर्छ भन्ने संदेश दिएको छ। सोच्दै नसोचेको तरिकाले रातारात केहि क्रिप्टोकरेंसीको मुल्य घटेकाले यसले अन्तराष्ट्रिय बजारमा ठुलो प्रभाव पारेको छ।  


क्रिप्टोकरेन्सी बजारमा यस्तो तीव्र गिरावटको कारण के हो?

यसका कारण धेरै छन्। २०२२ देखि सुरु हुँदै गर्दा क्रिप्टोकरेन्सीहरू जसमध्ये केही विगतका वर्षहरूमा तिनीहरूको सर्वकालीन उच्चमा पुगे। अधिकांशले नाफा कमाएर रातोमा अर्थात घट्दो अवस्थामा पनि बिक्रि गर्न थाले। र त्यसबेलादेखि नै मुल्य तल ओर्लिन थालेको हो। 

वर्षको सुरुमा केहि बढेपनि त्यसयताका दिनमा क्रिप्टोकरेन्सीको मुल्य घट्दो क्रममा नै रहेको छ। यसरी घट्नुमा कोभिड १९ र रुस युक्रेनको युद्दले  बिश्व अर्थतन्त्रमा देखिएको असरलाई नै कारणको रुपमा लिइएको छ।   

क्रिप्टोको मुल्यमा गिरावट आउनुमा मुख्यतया बिश्वभर देखिएको मुद्रास्फीति, अमेरिकाको फेडरल रिजर्भले बढाएको ब्याजदर, रुस-युक्रेन युद्ध, आदि जस्ता घटनाक्रमहरूलाई श्रेय दिइएको छ। 

क्रिप्टो बजारहरूले परम्परागत वित्तीय बजारहरू प्रतिबिम्बित गरिरहेका छन् र कतिपय देशमा यसको कारोबारलाई बैधानिकता दिइएको छ, यद्दपी नेपालमा भने गैरकानुनी घोषणा गरिएको छ। विश्वका कतिपय देशले बैधानिकता दिंदा यसको मुल्यमा परिपक्वता आउनुपर्नेमा उल्टै घट्नुलाई आश्चर्यको रुपमा पनि हेरिएको छ।

तर वजिरएक्सका सह संस्थापक ताहा सीईओ निश्चल शेट्टीले भने बिश्व अर्थतन्त्रमा मन्दीको अवस्था देखिएकाले यसले क्रिप्टोकरेंसीमा पनि असर परेको बताउँछन। केहि देशले कारोबारलाई बैधानिकता दिदै गर्दा यसको परिपक्वतामा सुधार आउंदै गएपनि बिश्व अर्थतन्त्रमा मन्दीका कारण क्रिप्टोकरेंसीमा तिब्र उतारचढाव देखिएको उनको दाबि छ।   

क्रिप्टोमा डर र लोभ दुवै अवस्था देखिएकाले घाटा कम गर्न अधिकांश लगानीकर्ताले आफ्नो होल्डिंगहरू बेच्ने क्रमलाई तिब्रता दिंदा मुल्यमा तिब्र गिरावट आएको शेट्टीको भनाई छ। 

त्यस्तै अमेरिकाको फेड रिजर्भले ब्याज दर आधा प्रतिशत बिन्दुले बढ्ने घोषणा गर्दा मंदीको भावनालाई उत्प्रेरित गरेकाले पनि बजार सहभागीहरू मुद्रास्फीति र सम्भावित मन्दीको कारण आतंकित हुन थालेको र यसको परिणाम इक्विटी र क्रिप्टो बजारहरू डुब्दै गएका गएको भाउल्डका सीईओ र सह-संस्थापक दर्शन बथिजाको भनाई छ। 

के यो क्रिप्टोकरेंसीमा लगानी गर्ने बेला हो ? 

नेपाल सरकारले हालै मात्र क्रिप्टोकरेंसीमा गरिएको लगानीलाई अबैध घोषणा गरेको छ र यसका लगानीकर्तालाई कारबाही समेत गरेको छ। यद्दपी नेपाल सरकारले अबैध वा गैरकानुनी घोषणा गर्नु बर्षौं अगाडीदेखि नै अधिकांश नेपालीहरुले क्रिप्टोकरेंसीमा लगानी गरेका छन्।

नेपाल सरकारले २०२१ मा आएर क्रिप्टोकरेंसीको लगानीलाई गैरकानुनी घोषणा गरेपनि सन् २०१० देखि नै बिटकोइन जस्ता क्रिप्टोकरेंसीहरु संचालनमा छन्। त्यो बेला अर्थात् २०१० मा बिटकोइनको मुल्य प्रति कोइन शुन्य दशमलब शुन्य शुन्य ९ डलर थियो । समयक्रमसंगै यसको मुल्य २०१० देखि अहिलेसम्म प्रति कोइन ६९ हजार पनि पुगेको छ। 

यद्दपी अन्तराष्ट्रिय बजारमा क्रिप्टोकरेन्सी बजार विशेषज्ञहरू प्राय खरिद गर्नलाई सुझाव दिईरहेका छन्।  लगानीकर्ताहरूले यो गिरावटको फाइदा उठाउनु पर्ने र बजारमा अवसरहरू खोज्न थाल्नुपर्ने उनीहरुको भनाई छ। उनीहरुका अनुसार लगानीका लागि राम्रो समय रहेको छ। 

'यो पहिलो पटक होइन जब क्रिप्टो बजारले ठूलो घाटा बेहोर्नुपरेको थियो, र बिगतमा पनि धेरैले घटेर पछि मुल्य फर्किएको हो, यसपटक पनि त्यस्तै हुनेछ’ क्यासाका संस्थापक तथा सीईओ कुमार गौरवले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved