चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2022 | 03:25:30 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ राष्ट्रपति सी जिनपिङ चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि अनुमोदित भएका छन् । 

बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनले उनलाई चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि अनुमोदन गरेको हो । 

बीबीसीका अनुसार महाधिवेशनले ११ जना महिलासहित २०५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । 

महाधिवेशनले पोलिटब्युरो र स्थायी समितिका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई भने बिदा गरेको छ । दोस्रो वरियताका प्रधानमन्त्री ली र जन कांग्रेसका अध्यक्ष समेत रहेका तेस्रो वरियताका नेता चान्सुलाई महाधिवेशनले बिदा गरेको हो । 

महाधिवेशनले ५ वर्षअघि पार्टीले अपनाएको सी विचारधारालाई अझै सशक्त बनाउने र चिनियाँ विशेषता अनुसारको चिनियाँ समाजवाद सम्बन्धी सी विचारधारालाई पार्टीको विचारको रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको चिनियाँ सञ्चार माध्ययमहरुले जनाएका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved