नेपालमा बसेका याद संगालेर बिदा हुँदै चिनियाँ राजदूत यान्छी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2022 | 11:25:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चार वर्षे कार्यकाल  गरेकी छन् । उनले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै  आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा गरी  छिमेकी देशबाट बिदा हुन लागेको बताएकी छन्  

नेपालमा रहँदा उनले पाएको माया र सदभावका लागि उनले नेपालीलाई धन्यवाद दिएकी छन् । उनले भनेकी  छन् सुन्दर  देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको र   त्यो अनुभव र माया बोकेर जान लागेको बताएकी छन् । 

चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियान हेर्ने गरी इन्डोनेसियाको राजदूत बनाएको छ ।

होउ यान्छी फर्केसँगै नेपालका लागि नयाँ चिनिया राजदूतमा को आउने भनेर चीन सरकारले अझै निर्णय गरेको छैन । यान्छी सन् २०१८ को डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा नेपाल आएकी थिइन् । उनले गत असोजमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवादेखि राजनीतिक दलका शीर्ष नेताहरूसँग बिदाइ भेट गरेकी थिइन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved