समस्यामा परेको क्रेडिट स्विस बैंकद्वारा मर्जरको प्रस्ताव अस्विकार, २ विकल्प दिँदै स्विस सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2023 | 08:38:55 PM मा प्रकाशित

laxmi  sunrise bank

समस्यामा परेको क्रेडिट स्विस बैंकले युबिएसले गरेको प्राप्तिको प्रस्ताव अस्विकार गरेको छ । स्विजरल्याण्डको क्रेडिट स्विस बैंक समस्यामा परेपछि स्विजरल्याण्ड कै अर्को बैंक युबिएसले प्राप्तिको प्रस्ताव गरेको थियो  । 

युबिएसले १ बिलियन डलरमा क्रेडिट स्विस बैंकलाई प्राप्ति गर्नको लागि प्रस्ताव गरेको थियो। युबिएसले स्विस बैंकलाई प्रति शेयर ०.२५ स्विस फ्रान्क डलरमा प्राप्ति गर्ने प्रस्ताव गरेको थियो ।  तर क्रेडिट स्विस बैंकले शेयरधनीलाई हित नहुने भन्दै उल्ट प्रस्ताव अस्विकार गरेको हो। स्विस बैंकमा नेशनल बैंक अफ साउदी अरेबियाको १० प्रतिशत लगानी रहेको छ। नेशनल बैंक अफ साउदी अरेबियाले नै युबिएसको प्रस्ताव अस्विकार गरेर ब्लुमबर्गले उल्लेख गरेको छ। 

युबिएसले प्रस्ताव गरेको प्रति शेयर ०.२५ स्विस फ्रान्क डलर हालको क्रेडिट स्विस बैंकको शेयर मूल्यको एक चौथाई मूल्य मात्र हो ।

ब्लुमबर्गका अनुसार स्विजरल्याण्डको सरकारले क्रेडिट स्विस बैंकलाई दुई वटा विकल्प दिने तयारी गरेको छ। पहिलो विकल्पको रुपमा युबिएसले गरेको प्राप्तिको प्रस्ताव गरेको छ भने दोस्रो विकल्पको रुपमा क्रेडिट स्विस बैंकलाई पूर्ण या आंशिक राष्ट्रियकरण गर्ने रहेको छ । स्विजरल्याण्ड सरकारले प्राप्तिको प्रस्तावको लागि देशको कानुन नै बदल्ने जनाउ दिईसकेको बताईएको छ । हालको कानुन अनुसार बैंकका शेयरधनीलाई बैंकले गर्ने मर्जरको निर्णयबारे आफ्नो मत जाहेर गर्न ६ हप्ताको समय दिईन्छ । तर स्विजरल्याण्ड सरकारले सो व्यवस्थालाई विशेष व्यवस्था गरि परिवर्तन गर्न सकिने जनाएको छ ।

यस अघि अमेरिकामा दुई वटा बैंक डुबेका थिए । ति बैंक त्यहाँका स्थानीय बैंक थिए । क्रेडिट स्विस बैंक भने मल्टीनेशनल बैंक हो । विश्वकप महत्वपूर्ण ३० बैंकको सूचीमा यो बैंक पनि पर्ने अल जजिराले उल्लेख गरेको छ । बैंकको ५० देशमा १५० कार्यालय रहेका छन् । यो स्विजरल्याण्डको १६७ वर्ष पुरानो बैंक हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved