अमेरिकापछि इंग्ल्यान्डको केन्द्रीय बैंकले पनि बढायो ब्याजदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 07:16:16 PM मा प्रकाशित

laxmi  sunrise bank

इंग्ल्यान्डको केन्द्रीय बैंक बैंक अफ इंग्ल्यान्डले फेरि ब्याजदर बढाएको छ । बैंकले आज बिहिबार ब्याजदरमा ०.२५ प्रतिशत वृद्धि गरेको हो । 

पछिल्लो वृद्धिसँगै इंग्ल्यान्डमा केन्द्रीय बैंकको बेन्चमार्क ब्याजदर ४ प्रतिशतबाट बढेर ४.२५ प्रतिशत पुगेको र यो सन् २००८ पछि अर्थात् १५ वर्ष यता कै उच्च बिन्दु रहेको सिएनएएनले उल्लेख गरेको छ । अस्वभाविक रुपमा बढेको मूल्यवृद्धिलाई नियन्त्रण गर्नको लागि ब्याजदर वृद्धि गरिएको बैंक अफ इंग्ल्यान्डले जनाएको छ । 

हिजो बुधबार अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले पनि ब्याजदर वृद्धि गरेको थियो। फेडरल  रिजर्भले बुधबार ब्याजदरमा ०.२५ प्रतिशत वृद्धि गरेको हो ।पछिल्लो वृद्धिसँगै अमेरिकामा केन्द्रीय बैंकको बेन्चमार्क ओभरनाइट ब्याजदर ४.७५ प्रतिशतबाट बढेर ५ प्रतिशत पुगेको र यी १५ वर्ष यता कै उच्च बिन्दु रहेको सीएनबिसीले उल्लेख गरेको छ । मूल्यवृद्धिलाई नियन्त्रण गर्नको लागि ब्याजदर वृद्धि गरिएको फेडरल रिजर्भले जनाएको छ । 

फेडरल रिजर्भले ब्याजदर वृद्धिको सिलसिला अब रोकिने संकेत गरेको सिएनबिसीले उल्लेख गरेको छ। सन् २०२२ को मार्चदेखि हालसम्म फेडले ९ पटक ब्याज वृद्धि गरिसकेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved