ब्याजदर नबढाउने भारतीय केन्द्रीय बैंकको निर्णय, शेयरबजारमा १०० अंकको वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2023 | 10:51:01 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले ब्याजदर नबढाउने निर्णय गरेको छ । भारतीय केन्द्रीय बैंकका गभर्नर शशिकान्त दासले मौद्रिक नीति कमिटिले रिपो रेट (पोलिसी रेट) हाललाई नचलाउने निर्णय गरेको बताएका हुन्

भारतीय केन्द्रीय बैंकले लगातार ६ पटक रिपोरेट बढाएको र यस पटक भने स्थिर राखेको इकोनोमिक टाइम्सले जनाएको छ । हाल रिपो रेट ६.५ प्रतिशत रहेको छ । केन्द्रीय बैंकले यस पटक रिपो रेटलाई ०.२५ प्रतिशत बढाउने अनुमान गरिएकोमा केन्द्रीय बैंकबाट हाललाई रिपो दर स्थिर राख्ने निर्णय भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् 

गभर्नर दासले यस पटकको लागि मात्र रिपो रेट स्थिर राखिएको र आगमी दिनमा आवश्यकता हेरेर अगाडी बढ्ने बताएका छन् । त्यस्तै उनले महँगी दर बढ्दै गएकोले महँगी विरुद्दको युद्द बाँकि नै रहेको बताएका छन् । 

गभर्नर दासले सन् २०२४ मा भारतको आर्थिक वृद्धि ६.५ प्रतिशत कायम रहने प्रक्षेपण गरिएको बताएका छन् । सन् २०२३ मा भने आर्थिक वृद्धि ७ प्रतिशत हुने उनले उल्लेख गरेका छन्

केन्द्रीय बैंकले ब्याज दर नबढाउने निर्णय गरेसँगै भारतीय शेयरबजार बढेको छ । बजार खुलेको केहि समय मै सेन्सेक्स १०० भन्दा बढी अंकले बढेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved