'धाँधली गरेर ट्रम्पलाई हराइयो' भन्ने समाचार पुष्टी नभएपछि फक्सन्युजले तिर्यो १ खर्ब क्षतिपुर्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2023 | 04:43:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आफु विरुद्द परेको मानहानीको मुद्दामा अमेरिकाको फक्सन्युज १ खर्ब बढी क्षतिपुर्ती तिर्न तयार भएको छ। मानहानीको मुद्दा हाल्ने डोमिनियन भोटिङ सिस्टमलाई ७८७ मिलियन डलर तिर्न तयार भएको हो, जुन नेपाली रुपैयाँ अनुसार १ खर्ब बढी रकम आउँछ 

के थियो मुद्दा ? 

सन् २०२० को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रंप र जो बाईडेन मुख्य प्रतिस्पर्धी थिए । बाईडेनले ट्रंपलाई हराउदै चुनाव जिते । तर फक्सन्युजले भने निर्वाचनमा धाँधली भएको समाचार प्रकाशन गर्यो। ट्रंपलाई हराउँनको लागि मतदानमा प्रयोग भएको विद्युतीय मतदान यन्त्र बिगारेर धाँधली भएको फक्स न्युजको तर्क थियो

फक्सन्युजले यस्तो समाचार लेखेपछि उक्त विद्युत मतदान यन्त्र बनाउने कम्पनी डोमिनियन भोटिङ सिस्टमले फक्सन्युजले क्षतिपूर्ति माग गर्दै फक्सन्युज विरुद्द मुद्दा दायर गर्यो। फक्सन्युजको समाचारको कारण कम्पनीको विश्वसनीयतामा आँच पुग्न गएको , कम्पनी र आफ्ना कर्मचारीको मानहानी भएको, झुटो समाचार प्रकाशन गरेको भन्दै कम्पनीले १.६ विलयन डलर क्षतिपुर्ति माग गर्दै फक्सन्युज विरुद्द मुद्दा दर्ता गर्यो । 

बीबीसीका अनुसार मुद्दाको सुनुवाईको लागि इजलाश गठन भईसकेपछि फक्सन्युज र डोमिनियनबीच फक्सन्युजले क्षतिपूर्ति तिर्ने र मुद्दा अगाडी नबढाउने सहमति भएको हो डोमिनियनले मुद्दामा आफुले माग गरेभन्दा आधा रकम स्वीकार गर्दै मुद्दा अघि नबढाउने सहमति भएको हो । डोमिनियनले मागेको १.६ बिलियन डलर नेपाली रुपैयाँ अनुसार २ खर्ब बढी हुन् आउथ्यो । तर कम्पनीले ७८७ मिलियन डलर अर्थात् १ खर्ब नेपाली रुपियाँ मै सहमति गरेको हो । सहमतिसँगै अब फक्सन्युजले ६ हप्ते लामो अदालती प्रक्रियामा जानु पर्ने छैन । 

समाचार ठिक थियो भन्ने पुष्टि गर्नको लागि अपर्याप्त प्रमाण नभएपछि फक्सन्युजलेअदालती प्रक्रियामा जानु अघि नै बाध्य भएर सहमति गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।  

डोमिनियनले ओएएम र न्युजम्याक्स विरुद्द पनि यस्तै प्रकारको मानिहानी मुद्दा हालेको छ । ति मिडियाले पनि चुनावमा मतदान यन्त्र मार्फत धाँधली भएको आरोप लगाएका थिए । 

अर्को पनि मुद्दा 

फक्स न्युजले यस मुद्दामा सहमति गरेपनि फक्सन्युज विरुद्द अर्को विद्युतीय मतदान कम्पनीले पनि न्युयोर्कको अदालतमा मुद्दा हालेको छ । स्मार्टमेटिक कम्पनीले फक्सन्युजका कारण आफ्नो व्यवसाय डुबेको भन्दै २.७ बिलियन डलर क्षतिपूर्ति माग गर्दै मुद्दा हालेको छ । जुन रकम नेपाली रुपैयाँ अनुसार ३ खर्ब ५४ अर्ब हुन आउँछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved