भारतमा प्रहरी हिरासतमै पुर्व सांसदको हत्या घटनालाई लिएर बहराइनको संसदमा उठ्यो प्रश्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2023 | 01:41:11 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको उत्तर प्रदेशको प्रयागराजका पुर्व सांसद अतिक अहमद र उनका भाई अशरफ अहमदको हत्यालाई लिएर बहराइनको संसदमा प्रश्न उठेको छ। भारतीय प्रहरीको हिरासतकै अवस्थामा पुर्वसांसद जस्तो व्यक्तिको हत्या राजनीतिक भएको भन्दै भारतसँगको सम्बन्धलाई पुनरावलोकन गर्नलाई ती सांसदले आग्रह गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। 

पुर्व सांसद तथा उत्तर प्रदेशका नेता अहमद र उनको भाईको हत्या भएकाले भारतीय प्रहरीको हिरासतमा रहेकी अतिक अहमदकी श्रीमतीको ज्यान पनि खतरामा रहेको भन्दै यसमा काम गर्नलाई  बहराइनका सांसद अहमद कराटाले संसदको ध्यानाकर्षण गराएका छन्। 

भारतको सत्तामा भारतीय जनता पार्टी आएपछि भारतमा त्यहाँका मुस्लिम समुदायका नेता तथा नेतृत्वमाथि यस्तै प्रकारका घटनाहरुले निरन्तरता पाइएको भन्दै ती सांसद अहमद कराटाले खाडीका सबै राष्ट्रले यसको भ्रत्सना गर्न माग गरेका छन्। त्यस्तै सांसद अहमद कराटाले भारतका हजारौं नागरिकले बहराइनको रोजगारीले आफ्नो परिवार पालेको स्मरण गराउंदै भारतबाट आफ्ना राजदुतलाई फिर्ता बोलाउन समेत अनुरोध गरेका छन्। 

सांसद अहमद कराटाले भने, "भारतमा मुस्लिम समुदायमाथि भईरहेका पछिल्ला हत्याका घटना राजनीतिक देखिन्छ, यस्तो गम्भीर अपराधमा विश्वका राष्ट्रहरु चुप लाग्नु हुदैन। कम्तिमा पनि बहराइनले भारतीय सरकारलाई भर्सना चिठी थमाएर आफ्नो राजदुत फिर्ता बोलाउनुपर्छ।"

भारतमा ६ दिन अघि १५ अप्रिल २०२३ मा प्रहरीले मेडिकल चेक जांचको लागि अस्पताल लैजादै गर्दा प्रहरीकै बाक्लो उपस्थितिमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिंदै गर्दा अतिक अहमद र उनका भाई अशरफ अहमदमाथि गोलि हानिएको थियो। बन्दुकधारीले करिब २१ सेकेन्डसम्म एकोहोरो गोली हान्दा प्रहरीले कुनै हस्तक्षेप नगरेकाले यो घटना सुनियोजित भएको भन्दै भारतमा समेत यसको बिरोध भईरहेको छ।  

भारतको टेलिभिजन तथा सोसियल मिडियामा अतिक अहमद र उनको भाईको प्रहरी हिरासतकै दौरान भएको हत्याको भिडियोले भारतको उत्तर प्रदेशमा आन्दोलन जारी छ। यो घटनालाई लिएर उत्तर प्रदेशका पुर्वमुख्यमन्त्री अखिलेश यादव र मायावतीले प्रदेशको कानुन व्यवस्था र सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्। 

प्रहरीको हिरासतमै रहेका अतिक अहमद र उनको भाईको हत्या पश्चात उनीहरुलाई प्रयागराजको कसारी मसारी कब्र्स्तानमा राखिएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved