भारतमा आईपिओपछि शेयर सूचीकरण गरिसक्नु पर्ने समय आधा घटाईयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2023 | 12:51:42 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय पुँजीबजारको नियामकीय निकाय सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी)ले आईपिओ निष्काशन गरेका कम्पनीले शेयर सूचीकरण गर्नु पर्ने समय घटाएको छ।  यस अघि आईपिओ बिक्री बन्द भएको ६ दिनमा शेयर सूचीकरण गर्नु पर्ने व्यवस्था रहेकोमा अब त्यसलाई आधा घटाईएको हो। 

अब आईपिओ बिक्री बन्द भएको ३ दिन भित्र शेयर सूचीकरण गरिसक्नु पर्ने व्यवस्था सेबीले ल्याएको हो । यो नयाँ व्यवस्था सेप्टेम्बर १, २०२३ देखि स्वेच्छिक रुपमा र डिसेम्बर १, २०२३ देखि अनिवार्य रुपमा लागु हुने सेबीले जनाएको छ । 

यस व्यवस्थाले आईपिओ परेकाहरुले साविकको भन्दा ३ दिन कम समयमा शेयर पाउने र आईपिओ नपरेकाले साविकको भन्दा ३ दिन कम समयमा शेयर नपरेको पैसा फिर्ता पाउने छन् । साथै आईपिओ बिक्री पछि सो कम्पनीको शेयर कारोबार पनि छिटो हुने छ ।

नेपालमा भने आईपिओ बिक्री गरिसकेपछि कति समयमा शेयर सुचिकृत गरिसक्नु पर्छ भन्ने कानुनी व्यवस्था नै छैन । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved