अमेरिकी केन्द्रीय बैंकले फेरि बढायो ब्याज , अब २२ वर्षयता कै उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2023 | 11:09:03 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि ब्याजदर वृद्धि गरेको छ । फेडरल  रिजर्भले बुधबार ब्याजदरमा ०.२५ प्रतिशत वृद्धि गरेको हो 

पछिल्लो वृद्धिसँगै अमेरिकामा केन्द्रीय बैंकको बेन्चमार्क ओभरनाइट ब्याजदर बढेर ५.५ प्रतिशत पुगेको र यो २२ वर्ष यता कै उच्च बिन्दु रहेको सीएनबिसीले उल्लेख गरेको छ । मूल्यवृद्धिलाई नियन्त्रण गर्नको लागि ब्याजदर वृद्धि गरिएको फेडरल रिजर्भले जनाएको छ । मूल्यवृद्धि दर २ प्रतिशतमा नझरेसम्म ब्याज वृद्धि गरिरहने फेडले जनाएको छ । हाल मूल्यवृद्धि दर ३ प्रतिशत रहेको सीएनबिसीले उल्लेख गरेको छ ।  

जुनमा ब्याज दर स्थिर राखेपनि फेडले जुलाईमा भने बढाएको हो । गत वर्षको मार्च यता हालसम्म फेडले ११ पटक ब्याज वृद्धि गरिसकेको छ ।  ब्याज बढेसंगै अमेरिकी शेयर बजार गिरावट आएको छ ।  

फेडले मन्दीको सम्भावना भने टरेको जनाएको छ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved