जी २० सम्मेलनमा 'ग्लोबल ग्रिन ट्रेड रोड' को घोषणा, चिनियाँ बिआरआईआईलाई भारतको झड्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2023 | 10:02:38 AM मा प्रकाशित

nepal oil ltd

भारतको नयाँदिल्लीमा सम्पन्न जी २० सम्मेलनकै बीच भारतले एक महत्त्वपूर्ण र रणनीतिक घोषणा गरेको छ। भारतले अमेरिकाका राष्ट्रपति जो बाइडेनको उपस्थितिमा 'भारत-मध्यपूर्व-युरोप इकोनोमिक करिडोर' नामको एक परियोजनाको घोषणा गरेको हो। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अमेरिका, साउदी अरेबिया र युरोपेली देशका नेताहरुसँगै दिल्लीमा ‘भारत–मध्य पूर्व–युरोप आर्थिक करिडोर’ को उद्घाटन गरेका हुन्। भारतदेखि अमेरिका, युरोपदेखि मध्यपूर्वसम्मका नेताहरूले यसलाई ऐतिहासिक सम्झौता भनेका छन् । 

एसिया, मध्यपूर्व र युरोपमा स्वच्छ इनर्जी केवल बनेर यसबाट भविष्यमा छिटो छोटो र स्वच्छ ब्यापार हुने अपेक्षा गरिएको छ। चीनको प्रभावलाई चुनौती दिने उदेश्यले स्थापना गरिएको उर्जा र कनेक्टीभिटी करिडोर निर्माणको घोषणालाई 'ग्लोबल ग्रिन ट्रेड रोड' को नाम समेत दिइएको छ। 

अमेरिकी राष्ट्रपति बाइडेनले यसलाई मध्यपूर्वमा समृद्धि ल्याउने सम्झौता भनेका छन् । त्यस्तै, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले यो घोषणा यी क्षेत्रका  व्यापारलाई गति दिने अहिलेसम्मको सबैभन्दा सीधा मार्ग हुने बताएका छन्। 

भारत, मध्यपूर्व र युरोपेली देशहरूबीचको यो सम्झौतालाई मूलतः पूर्वाधार परियोजना भनिएको छ। तर आलोचकहरुले भने यस घोषणालाई चिनको बिआरआईमाथिको झड्काको रुपमा लिएका छन्। 

अमेरिकी थिंक ट्याङ्क द विल्सन सेन्टरका साउथ एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगेलम्यानले यो सम्झौतालाई चीनको महत्वाकांक्षी परियोजना बीआरआईलाई बलियो प्रतिक्रियाको रूपमा ब्याख्या गरेका छन्। 

कुगेलम्यानले ट्वीटरमा लेखेका छन्, "यदि यो सम्झौता भयो भने यो सम्झौता गेम चेन्जर साबित हुनेछ किनभने यसले भारतलाई मध्यपूर्वसँग जोड्नेछ र बेल्ट एण्ड रोड इनिसिएटिभलाई चुनौती दिनेछ।"

अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वव्यापी पूर्वाधारका सम्बन्धमा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभलाई तोड्न चाहेका छन् ।जी-२० भित्र उनले अमेरिकालाई विकासशील देशहरूको लागि वैकल्पिक साझेदार र लगानीकर्ताको रूपमा प्रस्तुत गर्दैछन्। 

यस सम्झौताको घोषणासँग सम्बन्धित समाचार पछि चिनियाँ पत्रिका ग्लोबल टाइम्सले एक लेख प्रकाशित गरेको छ। जसमा अमेरिकी प्रयासलाई अपर्याप्त भनिएको छ। चीनले सन् २००८ मा बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजना सुरु गरेको थियो । र यस अन्तर्गत धेरै देशहरूमा काम भइरहेको छ।चीनले बिआरआई परियोजना मार्फत युरोपदेखि अफ्रिका र एसियादेखि ल्याटिन अमेरिकासम्म आफ्नो प्रभाव, लगानी र व्यापार विस्तार गरेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved