
 2mb (1).gif)
भारतको नेशनल स्टक एक्सचेन्जको निफ्टी ५० इन्डेक्सले पहिलो २० हजार बिन्दु पार गरेको छ । आज सोमबार इन्डेक्सले इतिहास मै पहिलो पटक २० हजारको बिन्दु पार गरेको हो ।
इन्डेक्सले २० हजारको बिन्दु पारे गरेसँगै नेशनल स्टक एक्सचेन्जले एक कार्यक्रम गरेर खुसियाली मनाएको छ। नेशनल स्टक एक्सचेन्जमा सुचिकृत रहेका ५० ठूला कम्पनीलाई निफ्टी ५० इन्डेक्समा समावेश गरिएको छ।
नेशनल स्टक एक्सचेन्जका अनुसार यो सूचक अप्रिल २२, १९९६ मा सुरु गरिएको थियो । सो सूचक १००० को बिन्दुमा सुरु गरिएको थियो । २००७ मा सूचकले ६ हजारको बिन्दु, २०१४ मा ७ हजारको बिन्दु, र २०१७ मा १० हजार बिन्दु पारे गरेको थियो। २०२० मा कोरना कहरको कारण यो सूचक घटेर ८ हजार बिन्दु मुनि पुगेको थियो । तर त्यसको ३ वर्ष मै सूचक बढेर पहिलो पटक २० हजारको विन्दु पारे गरेको हो ।
भारतले सफलतापुर्वक जी २० सम्मेलन सम्पन्न गरेको, जी २० सम्मेलनको घोषणापत्रमा समावेश विषय सकारात्मक रहेको, विश्व अर्थतन्त्रमा सुधारको संकेत देखिएको, तथा ठूला कम्पनीको शेयर मूल्यमा राम्रो र्याली आएको कारण सूचकमा उच्च वृद्धि देखिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
नेपालमा पनि नेपाल स्टक एक्सचेन्जले यस्तै प्रकृतिको नेप्से ३० नामक इन्डेक्स ल्याउने तयारी गरेपनि हालसम्म आउँन सकेको छैन ।