चीनमा सुरु भयो बीआरआईको शिखर सम्मेलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 04:18:51 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनमा सोमबारदेखि  बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को शिखर सम्मेलन सुरु भएको छ । बीआरआईको एक दशकको अवसरमा आयोजना भएको सम्मेलनमा चिनियाँ राजधानी बेइजिङमा विश्वका नेताहरू जम्मा भएका छन् । चीनको पहुँचलाई विश्वव्यापी विस्तार गर्न चिनियाँ राष्ट्रपति सि जिनपिङको बीआरआई एउटा प्रमुख परियोजना हो । 

चीनले मञ्चमार्फत आफ्नो स्थान विश्वको अग्रणी शक्तिको रूपमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिरहेको बेला प्यालेस्टिनी लडाकू सङ्गठन हमाससँगको इजराइलको युद्धले निरन्तर महत्व पाएको छ । 

दुई दिने बीआरआईको मञ्चमा सहभागी हुन विभिन्न देशका नेताहरू बेइजिङ पुगिसकेका छन् । बेइजिङ आइपुगेका नेताहरूमा रुसका राष्ट्रपति पुटिन, हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बान, चिलीका राष्ट्रपति ग्याब्रियल बोरि, केन्याका राष्ट्रपति विलियम रुटो र इथियोपियाका प्रधानमन्त्री अबी अहमद छन्।  

सम्मेलनमा सहभागी हुन नेपालबाट उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ चीन पुगिसकेका छन् । भ्रमण टोलीमा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राई, विपत् तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायतको सहभागिता छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved