इजरायलको बमबारीले २४ घण्टामा ७०४ प्यालेस्टाइनि मारिए, १६ हजार भन्दा बढी घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2023 | 09:10:08 PM मा प्रकाशित

laxmi  sunrise bank

इजरायलको हवाई हमलामा परि पछिल्लो चौबिस घन्टामा ७०४ जना प्यालेस्टाइनि नागरिक मारिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। मारिनेमा ४० प्रतिशत भन्दा बढी निर्दोश जनता भएको जनाईएको छ।

अक्टुबर ७ मा हमासले इजरायलमा आक्रमण गरेयताको इजरायलको हवाई हमलामा परि ज्यान गुमाउनेको संख्या ५ हजार ७९१ पुगेको अन्तराष्ट्रिय  एजेन्सीलाई उद्र्तगर्दै अल्जजिराले जनाएको छ। त्यस्तै यस आक्रमणमा परि १६ हजार भन्दा बढी घाइते भएका छन्। 

प्यालेस्टाइनको एउटा विद्रोही समुह हमासले इजरायलमा यहि अक्टुबर ७ मा बम बिस्फोट तथा आक्रमण गर्दा ७०० बढी इजरायलीको ज्यान गएको थियो। त्यसलगत्तै इजरायलले हमास बिरुद्दको अन्तिम लडाई भन्दै युद्द घोषणा गरेको छ। तर इजरायलको हवाई हमलामा परि ज्यान गुमाउनेमा प्यालेस्टाइनका ९५ प्रतिशत सर्वसाधारण तथा निर्दोश नागरिक रहेको अन्तराष्ट्रिय एजेन्सीले जनाएका छन्। 

हमास बिरुद्दको हवाई हमलाका कारण सयौं निर्दोश मारिएको भन्दै अन्तराष्ट्रिय समुदायले इजरायललाई आक्रमण रोक्न आग्रह गरेपनि इजरायलले आफ्नो आक्रमणलाई निरन्तरता दिएको छ। 

इजरायलका प्रधानमन्त्री नेतान्हु बेन्जामिनले यो लडाई अन्तिम भएको भन्दै हमासलाई नसिध्याई आक्रमण नरोकिने चेतावनी दिएका छन्। तर कतार लगायतका देशहरुले इजरायललाई अब थप हिँसा मच्चाउन र प्यालेस्टाइनि नागरिकलाई मार्न दिन नसकिने बताएका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved