इजरायल-गाजा युद्धले विश्वव्यापी अर्थतन्त्रलाई थप नोक्सान पुर्‍याउछ : विश्व बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2023 | 09:17:29 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकले इजरायल-गाजा युद्धले विश्वव्यापी अर्थतन्त्रलाई नोक्सान पुर्‍याउन सक्ने प्रक्षेपण गरेको छ। साउदी अरबले आयोजना गरिरहेको पछिल्लो अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधनको क्रममा यस्तो प्रतिकृया आएको हो। 

विश्व बैंकका अध्यक्ष अजय बंगाले युद्धले विश्व अर्थतन्त्रमा परेको असरबारे चिन्ता व्यक्त गर्दै इजरायल गाजा युद्दले चिन्ता झनै बढाएको बताएका हुन्। 

"भर्खरै इजरायल र गाजामा के भयो ... तपाईले यी सबैलाई एकसाथ राख्नुभयो, मलाई लाग्छ कि आर्थिक विकासमा प्रभाव अझ गम्भीर छ," बांगाले साउदी अरबको भविष्य लगानी पहललाई सम्बोधन गर्दै भने।

बिभिन्न कारणले विश्व अर्थतन्त्र पहिल्यै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बेलामा भएको इजरायल गाजा युद्दले अवस्थालाई थप अप्ठ्यारो बनाएको उनको भनाई छ।  "मलाई लाग्छ हामी धेरै खतरनाक मोडमा छौं," उनले भने।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved