पुटिन पाँचौ पटक रुसको राष्ट्रपतिमा निर्वाचित, धाँधली गरेर जितेको पश्चिमा देशको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2024 | 07:10:30 AM मा प्रकाशित

laxmi  sunrise bank

भ्लादिमिर पुटिन पाँचौ पटक रुसको राष्ट्रपति बनेका छन्। सम्पन्न निर्वाचनमा ८७ प्रतिशत मत ल्याएर पुटिन पाँचौं पटक रुसको राष्ट्रपतिमा निर्वाचित भएका हुन्।  आफ्ना प्रतिस्पर्धी निकोले खारिटोनेभलाई पराजित गर्दै पुटिन पाँचौं पटक राष्ट्रपति बनेका हुन। पुटिनसंग पराजित भएका टोनेभले मात्र चार प्रतिस्थ मत ल्याएका थिए। 

मार्च १५ देखि १७ तारिखसम्म चलेको निर्वाचनमा पुटिनले ८० लाख भोट प्राप्त गरेको रुसका अधिकारीहरुले जनाएका छन।  अनलाइन भोटिंग मार्फत चलेको निर्वाचन पारदर्शी भएको रुसका निर्वाचन अधिकारीहरुले दाबी गरेका छन्। 

निर्वाचन अघि नै राष्टपति बन्ने पक्कापक्कि भएका पुटिनको जितलाई अमेरिका तथा पश्चिमा देशहरुले आलोचना गरेका छन।  पुटिनमाथि धाँधली गरेर निर्वाचन जितेको उनीहरुको आरोप रहेको छ। यद्दपि रुससंग राम्रो सम्बन्ध भएको चिनले भने पुटिनलाई पाँचौ पटक राष्ट्रपति भएकोमा बधाई तथा शुभकामना दिएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved