नेपाल इन्स्योरेन्स कम्पनी Nepal Insurance Company को नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल छनौट भएका छन् । कम्पनीको संचालक समितिको आज बसेको बैंठकले नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेललाई छनौट गरेको हो । त्यस्तै, सोही बैठकको निर्णयले कम्पनीको नायव महा प्रबन्धकमा निरज बस्नेतलाई छनौट गरेको छ ।
कम्पनीले साउन १२ र २२ गते प्रकाशित १५ दिने सूचना बमोजिम दरखास्त गर्न आएका उम्मेदवारहरुमध्ये आवश्यक योग्यता तथा कार्यअनुभवको आधारमा योग्य भई छनोट भएका उम्मेदवारहरुको यही भदौ ७ र ८ गते लिइएको व्यवसायिक कार्य योजना प्रस्तुती तथा अन्तवार्ताामा उच्चतम अंक प्राप्त गरी रिक्त रहेको उक्त पदमा पोखरेल तथा बस्नेतलाई छनौट गरिएको कम्पनीले जानकारी दिएको छ ।