युनाइटेड फाइनान्सले ल्यायो दशैं विशेष योजना

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 29, 2020 | 04:50:59 PM मा प्रकाशित

nj

युनाइटेड फाइनान्स United Finance Limited  ले दशै, तिहार तथा छठ पर्वको अवसरमा 'युनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप' योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले चडपर्वको अवसरमा लामो समयावधिको लागि यस्तो योजना ल्याएको हो । 

योजना अन्तर्गत ग्राहकले विभिन्न प्रकारका निक्षेप योजना, सहुलियत ब्याजदरमा सुन धितो कर्जा तथा अन्य विभिन्न कर्जा सुविधा, डिम्याट खाता, आश्वा सुविधा, भिसा डेबिट कार्ड सुविधा पाउने कम्पनीले जनाएको छ । योजनामा व्यक्ति तथा संस्थाहरु सहभागी हुनपाउने छन् । 

नेपालको प्रतिष्ठत व्यापारिक घरानाको लगानीको साथ साथै भारतको प्रतिष्ठित मुथुट फाइनान्स समेतको रणनीतिक साझेदार रहेको यो कम्पनीले नेपालभर २२ शाखा तथा मुख्य कार्यलयबाट सेवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved