लाईफ ईन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले मृत्यु दाबी वापतको साँढे २३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीको चाबहिल शाखाले मृतकका परिवारलाई दाबी वापत २३ लाख ६८ हजार ५ रुपैयाँ भुक्तानी दिएको हो ।
शाखाले मंगलबार उक्त रकम भुक्तानी दिएको जनाएको छ । काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका, जोरपाटी निवासी स्व। सुमन पराजुलीको परिवारलाई जीवन बीमा वापत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
स्व. पराजुलीको श्रीमती कल्पना पराजुलीलाई चाबहिल शाखाका शाखा प्रमुख नरेन्द्र बिष्ट र अभिकर्ता ईश्वरी प्रसाद भट्टराईको संयुक्त उपस्थितिमा हस्तान्तरण गरिएको हो । स्व. पराजुलीको केही महिना अघि हृदयघातको कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।
उनले ९ वर्ष पहिले एजेन्सी मेनेजर लक्ष्मण महत मार्फत १५ लाखको जीवन गराएका थिए ।