पाल्पा सिमेन्टको आईपीओ नबिके नागरिक लगानी कोषले किन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2024 | 02:43:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् ।

पाल्पा सिमेन्टको प्रति कित्ता एक सय रुपैयाँ अंकित ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोड रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ । अर्थात् आईपीओ निष्काशन गर्दा कम्पनीको शेयर बिक्री नभए बिक्री नभएको शेयर नागरिक लगानी कोषले खरिद गर्ने छ । 

सम्झौता कार्यक्रममा कोषका का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इण्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए ।

 केहि दिन अघि मात्र नागरिक लगानी कोषले  सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गरेको थियो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved