बैदेशिक रोजगारीमा फ्रि भिसा फ्रि टिकटको असर, कतारको 'बिकल्प' बन्दै मलेसिया

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 24, 2017 | 06:19:20 AM मा प्रकाशित

laxmi  sunrise bank

बैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट आएपनि नेपाल भित्रिने रेमिट्यान्स भने बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार बैदेशिक रोजगारीमा जानेको संख्या ११।८ प्रतिशत अर्थात ४ हजार १७६ जनाले घटेको छ भने रेमिट्यान्स ७ प्रतिशतले बढेर ५५ अर्ब ५५ करोड पुगेको छ।

साउन महिनामा विदेसिने नेपाली कामदारमध्ये पनि सबैभन्दा धेरै मलेसिया गएका छन् भने साउदी जानेको संख्या लगभग आधाले घटेको छ। बिगत ४ महिना यतादेखि 'नाकाबन्दी' भोगिरहेको कतारमा बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या समेत घटेको छ। तर कामदारको माग बढेसंगै मलेसियामा रोजगारीमा जानेको संख्या ह्यत्त्वई बढेको छ।

फ्रि भिसा फ्रि टिकट’ कार्यान्वयनको जटिलताले पनि कतार, दुबईजस्ता मुलुकमा जाने नेपालीलाई असर परेको म्यानपावर व्यवसायीहरुले बताएका छन्। वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङका अनुसार फ्रि भिसा फ्रि टिकट, भिएलएन, माइग्राम्स, ओएससी, आइएससी जस्ता कारणले व्यवसायमा कठिनाई हुँदा त्यसले वैदेशिक रोजगारमा पनि असर परेको हो। 


रेमिट्यान्स बढ्यो 

बैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि रेमिट्यान्स रकम भने बढेको छ। गत साउन महिनाको तुलनामा रेमिट्यान्स ७ प्रतिशतले बढेर ५५ अर्ब ५५ करोड रुपैयाँ पुगेको राष्ट्र बैकको तथ्यांकले देखाएको छ। 

वैदेशिक रोजगारमा जाने नेपालीको संख्या घट्दा पनि रेमिट्यान्स बढ्नुको प्रमुख कारण बिदेशिएका नेपालीहरुको आय बढ्नु नै प्रमुख कारण रहेको व्यवसायीहरुको भनाइ छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved