कोरियामा २ नेपाली कम्पनीले थाले रेमिट सेवा, कयौं पाइपलाइनमा, हुण्डी घट्ने बिश्वास

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 27, 2017 | 07:59:34 AM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण कोरियामा कार्यरत नेपालीहरुको कमाई कानुनि बाटोबाट नेपाल भित्र्याउने उदेश्यले त्यहाँ दुई कम्पनी खुलेका छन। आइएमई समुहको प्रवर्दन गरेको ग्लोबल मनि एक्सप्रेस (जीएमई) र सिटी एक्स्प्रेस मनि ट्रान्सफर समूहले प्रवर्दन गरेको (जीएमई) ले कोरियाबाट रेमिट सेवा दिने भएका छन। 

ग्लोबल मनि एक्सप्रेस (जीएमई) ले कोरियाबाट रेमिट सेवा सुरु गरिसकेको छ। तथापि नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपाल दक्षिण कोरिया पुगेर जीएमई रेमिट सेवाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। स्रोतका अनुसार नेपालले यहि कातिक २० गते कारोबारको औपचारिक उद्घाटन गर्नेछन। 

उद्घाटनकै दिन नेपालको उपस्थितिमा जेएमई र नेपालको ग्लोवल आईएमई बैंकबीच सहकार्यमा रेमिट सेवा सञ्चालन गर्ने विषयमा सम्झौता हुने भएको छ। 

त्यस्तै सिटी एक्स्प्रेस मनि ट्रान्सफर समूहले प्रवद्र्धन गरेको जीएमईले पनि कोरियाबाट रेमिट सेवा सुरु गर्ने तयारि अन्तिम अवस्थामा पुर्याएको छ। जीएमई र सिटी एक्स्प्रेस मनि ट्रान्सफरबीचको सहकार्यकामा कोरियामा कार्यरत नेपालीलाई रेमिट सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको सिटी एक्सप्रेसका ब्राण्ड म्यानेजर सन्देश कटवालले बताएका छन।   

कोरियाबाट रेमिट सेवा सुरु भए पश्चात त्यहाँ रहेका ४९ हजार बढी नेपाली कामदारको कमाई बैधानिक बाटोबाट नेपाल भित्रिने अपेक्षा गरिएको छ। पछिल्लो तथ्यांक अनुसार कोरियाबाट वार्षिक ४९ देखि ५२ अर्ब रुपैयाँ रेमिट्यान्स आउनुपर्नेमा ५/६ अर्ब मात्रै रेमिट्यान्सका रूपमा नेपाल भित्रिने गरेको छ।

कोरिया सरकारले त्यहाँ रेमिट्यान्स कम्पनी दर्ता हुन रोक लगाएकाले त्यहाँका नेपाली कामदारको कमाई अबैधानिक बाटोबाट नेपाल भित्रिने गरेको छ। सरकारले हुन्डीको कारोबारलाई गैरकानुनी घोषणा गरे पनि सरकारी कोटामा कामका लागि कोरिया गएका धेरैजसो नेपालीले हुन्डीबाट पैसा पठाउने गरेको पाइएको छ ।

कोरियाबाट पुँजी पलायन गर्न सक्रिय हुन्डीवालाहरूको समूहले त्यहाँ कार्यरत नेपालीहरूलाई केही महँगोमा पैसा दिएर डलर किनेर सिंगापुर लगेर बेच्ने भएकाले पनि कोरियामा कार्यरत नेपाली कामदारहरू हुन्डीमा आकर्षित भएको बताइन्छ। हुण्डीको बाटो रोज्दा कयौं नेपालीले लाखौँ रुपैयाँ गुमाएको घटनाहरु बेला बेला सार्वजनिक हुने गरेका छन।  

अरु कम्पनीहरु पनि पाइपलाइनमा 

कोरिया सरकारले बिदेशी रेमिट्यान्स कम्पनी पनि दर्ता गर्न मिल्ने कानून ल्याएपछी त्यहाँ अन्य नेपाली कम्पनीहरु पनि जाने तयारिमा छन। कोरियाबाट रेमिट सेवा दिन राष्ट्र बैंकले करिब दर्जन रेमिट्यान्स कम्पनीलाई इजाजत दिएको छ। 

नेपाल रेमिट इन्टरनेशनलले कोरियाको पे गेट कम्पनीसँग, राष्ट्रिय वाणिज्य बैंकले कोरियन एक्सचेञ्जसँग, नविल बैंकले कोरियन एक्सचेञ्ज बैंक, कुकक मिन बैंकसँग रेमिट्यान्स कारोबारका लागि सम्झौता गरेको छ । 

त्यस्तै ग्लोबल आइएमइ बैंक, एनएबी बैंक, सनराइज बैंकले पनि कुक मिन बैंकसँग सम्झौता गरेका छन्। साथै हुलास रेमिट, सूर्य रेमिट, मायाँ रेमिटले वेस्टन युनियन मनि ट्रान्सफरसँग सम्झौता गरेका छन भने सिजी फिन्कोले डिपजटेक बैंक र वेस्टन युनियनसँग सम्झौता गरेको छ ।

हुण्डीको कारोबार घट्ने विश्वास

कोरियाबाट रेमिट सेवा सुरु भएपनि त्यहाँबाट बैधानिक बाटोबाट पैसा कति आउँछ भन्ने कुरा रेमिट गर्दा लाग्ने सेवा शुल्कले निर्धारण गर्नेछ। हुण्डी कारोबारीले चल्तीको भन्दा बढी दर दिएर रकम किन्ने भएकाले त्यहाँ कार्यरत नेपाली कामदार त्यता तर्फ आकर्षित भएका छन भने अर्को तर्फ रेमिट मार्फत पठाउँदा लाग्ने सेवा शुल्क महँगो भएकाले रेमिट सेवा लिन निरुत्साहित बनाएको छ। 

कोरियामा रहेका नेपाली कामदारले बैंकिङ च्यानलबाट रेमिट्यान्स पठाउदा लाग्ने सेवाशुल्क सरकारले तिर्ने व्यवस्था भएमा या सेवा शुल्क सस्तो भएमा र रेमिट गर्नु पर्ने बाध्यत्कारी कानुन आएमा हुण्डीको कारोबार घट्ने विश्वास छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved