बैंक तथा वित्तीय संस्थाहरुको कुल चुक्ता पुंजी २३८ अर्ब पुग्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2018 | 03:48:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाहरुको कुल चुक्ता पुंजी  रु. २३८ अर्ब ४५ करोड पुगेको जनाएको छ  । पहिलो त्रैमासको वित्तीय विवरण सार्बजनिक गर्दै बैंकले चुक्ता पुंजीमा उलेख्य वृद्धि भएको जनाएको हो । 

आर्थिक वर्ष २०७२÷७३ को मौद्रिक नीतिले न्यूनतम चुक्ता पूँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यसपश्चात् बैंक तथा वित्तीय संस्थाहरुले मर्जर÷एक्वीजिशन, बोनस शेयर, हकप्रद एवम् थप शेयरमार्पmत् चुक्ता पूँजी वृद्धि गरेका छन् । २०७२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी रु. १४१ अर्ब ७० करोड रहेकोमा २०७४ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी रु. २३८ अर्ब ४५ करोड पुगेको हो ।

राष्ट्र बैंकको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷७५ को पहिलो त्रयमासमा वाणिज्य बैंकहरुले रु. १०

अर्ब ९ करोड खुद मुनाफा आर्जन गरेका छन्।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved