हुण्डाईको एउटै ‘इओएन’ गाडीमा ६ लाख भन्दा बढी कालोबजारी, नाफा मात्र ५३ प्रतिशत !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 31, 2018 | 08:20:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा हुन्डाई गाडीको ‘इओएन एरा प्लस’ गाडीमा लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रत्येक गाडीमा ६ लाख भन्दा बढी रमक उपभोक्ताबाट ब्रम्हालुट गर्दै आएको । हुण्डाईको ‘इओएन एरा प्लस’ गाडी नेपाली ३,४२,६०९ रुपैंयामा बन्छ ।

यो गाडी भ्याट, एडिशनल भ्याट लगाएत गरेर नेपाली रोडमा आईपुग्दा ११,३१,७४७ रुपैंयामा आईपुग्छ । त्यस्तै, यो गाडीको वार्षिक रोड ट्याक्स १९,००० रुपैंया पर्न जान्छ । रजिष्ट्रेसन चार्ज वापत ८०,५५२ लाग्छ र रकसौल, बिरगञ्ज हुँदै नेपाली बजारमा आईपुग्दा यो गाडीको मुल्य १२,३१,२९९ रुपैंया पर्न जान्छ ।

तर नेपालका लागि आधिकारिक विक्रेता थापाथलीस्थित लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले १८,९६,००० मा बेच्दै आएको छ । यसरी लक्ष्मी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘इओएन एरा प्लस’ गाडीमा ६,६४,७०१ नाफा मात्र लिँदै आएको छ ।

सरकारी कानूनअनुसार वास्तविक मूल्यमा बीस प्रतिशतभन्दा बढी रकम जोडेर सामान विक्रि गर्नु ‘कालोबजारी’ हो । तर, यहाँ लक्ष्मी इन्टरकन्टिनेन्टलको नाफा नै ५३ प्रतिशत नाफा असुलेको छ ।

सत्य पहिल्याएपछि विभागले लक्ष्मी इन्टरकन्टिनेन्टलविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाएको छ । तर, थामथुप पार्न उ विभिन्न शक्ति केन्द्र धाइरहेको छ । यतिसम्की अर्थमन्त्री र सचिवसमेतलाई प्रभावित पारेर उन्मुक्ति लिने खेल भइरहेको छ ।

मूल्य निर्धारणको नीति र मापदण्ड बनाउन चासो नदिने राजनीतिक र प्रशासनिक नेतृत्व ठूला व्यापारीको अगाडि निरिह बन्ने र दोषीले नै उन्मुक्ति पाउने संभावना लक्ष्मी इन्टरकन्टिनेन्टलको मुद्दामा पनि दोहोरिने संभावना छ । न्युज२४बाट 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved