निजि क्षेत्रलाई खुशी पार्दै प्रधानमन्त्री, विकास निर्माणमा भएका कानुनी जटिलता खुकुलो पारिने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 24, 2018 | 07:03:06 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण लगायत अन्य क्षेत्रमा भएका कानुनि जटिलतालाई खुकुलो पार्ने बताएका छन। नेपाल उद्योग बाणिज्य महासंघको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता सरलिकरण गरेर चुस्त र छरितो पारिने बताए। 

प्रधानमन्त्री ओलीले निजि क्षेत्रलाई उच्च प्राथमिकता दिने प्रतिबद्दता जनाउदै उद्योग वाणिज्य महासंघसंग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताए। 

‘सरकारी कार्यालयका टेवलैपिच्छे फाइल अल्मलिने प्रथा अब अन्त्य हुन्छ’ व्यवसायीहरुसंगको भेटमा प्रधानमन्त्री ओलीले भने ‘सरकारी कर्मचारीले कुनै नियतवश सर्वसाधरणका काममा ढिलाइ गरेछन् भने त्यसमा पनि उचित छानविन हुनेछ ।’  प्रधानमन्त्री ओलीले व्यवसायीहरुलाई बिना सर्त मुलुक निर्माणमा जुट्न आग्रह गर्दै सरकारबाट पाउनसक्ने सहजता व्यवसायीहरुले पाउनेमा बिश्वास दिलाए। 

प्रधानमन्त्री ओलीले भने, 'नेपालमा उत्पादित सामानका लागि बजारको खाँचो हुँदैन, विश्वको जुनसुकै देशमा पनि नेपाली सामानको माग उच्च हुन्छ, निर्यातजन्य उत्पादनमा जोड दिनुहोस।'  

उद्यमी व्यवसायीहरुले प्रधानमन्त्री समक्ष अहिलेपनि कर लगायत स्थानीय तहमा आफुहरुले धेरै समस्या व्यहोर्नुपरेको जानकारी गराए। उद्योग व्यवसाय क्षेत्रले मात्र गर्नुपर्ने कार्यक्रमहरु अन्य क्षेत्रबाट समेत हुन जाँदा त्यसको असर समग्र उद्योग व्यवसायमा पर्न गएको भन्दै व्यवसायीहरुले  संघीय राज्य प्रणालीमा गएपछि कर लगायतका विषयमा उद्यमी व्यवसायी स्पष्ट हुन नसकेको र अन्यौलता बढेकाले यस्ता विषयमा अहिलेदेखिनै निजी क्षेत्रलाई विश्वस्त पार्न प्रधानमन्त्री समक्ष आग्रह गरे। 

महासंघकी अध्यक्ष भवानी राणाले मुलुकलाई अव आर्थिक समृद्धितर्फ अगाडी बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिन्। भेटमा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान लगायतको उपस्थिती रहेको थियो।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved