संसारका धनीको सूचीमा बेजोस शीर्ष र गेट्स दोस्रो स्थानमा, बिनोद चौधरी कति औ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 07, 2018 | 02:50:08 PM मा प्रकाशित

laxmi  sunrise bank


संसारका धनीहरुको सूचिको शीर्ष स्थानमा अनलाइन कम्पनी एमाजोनका संस्थापक जेफ बेजोसले बाजी मारेका छन् । गत वर्ष ३९.२ अर्ब डलर रहेको सम्पत्ति ११२ अर्ब डलर पुर्याउँदै उनी शीर्ष स्थानमा कब्जा जमाउन सफल भएका हुन् ।

फोर्ब्स पत्रिकाले वार्षिक रुपमा सार्वजनिक गर्ने विश्वका धनीहरुको सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने २२२ स्थान तल झरेका छन् । उनको कूल सम्पत्ति ३.५ अर्ब डलरबाट ३.१ अर्ब डलरमा झरेपछि उनी धनीहरुको सूचीमा पछि परेका हुन् ।

यसअघि शीर्ष स्थानमा रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्स ९० अर्ब डलर सम्पत्तिका साथ दोस्रो स्थानमा झरेका छन् । अघिल्लो वर्ष उनको सम्पत्ति ८६ अर्ब डलर रहेको थियो । पछिल्ला २४ मध्ये १८ वर्ष शीर्ष गेट्सले फोर्ब्स सूचीको शीर्ष स्थानमा कब्जा जमाउँदै आएका थिए ।


धनीहरुको शीर्ष १० मा कुनै पनि महिला पर्न सकेनन् । अमेरिकी रिटेल चेन कम्पनी वालमार्टकी एलिसा वाल्टन १६ औँ स्थानमा रहेकी छिन् ।


यस्ता छन् शीर्ष १० धनीहरु ः

१. जेफ बेजोस, एमाजोन – ११२ अर्ब डलर


२. बिल गेट्स, माइक्रोसफ्ट – ९० अर्ब डलर


३. वारेन बफेट, बर्कसायर हाथावे – ८४ अर्ब डलर


४. बर्नार्ड आर्नल्ट एण्ड फ्यामिली, एलएमभीएच – ७२ अर्ब डलर


५. मार्क जुकरबर्ग, फेसबुक – ७१ अर्ब डलर


६. अर्मा्न्सियो ओर्टेगा, जारा – ७० अर्ब डलर


७. कार्लोस सिल्म हेलु एण्ड फ्यामिली – ६७.१  अर्ब डलर


८. चाल्र्स कोच, कोच इन्डस्ट्रिज – ६० अर्ब डलर


९. डेभिड कोच, कोच इन्डस्ट्रिज – ६० अर्ब डलर


१०. ल्यारी एलिसन, ओराकल – ५८.५ अर्ब डलर


फोरब्र्सले धनीहरु झनझन धनी हुँदै गएको र गरिब र धनीबीचको दूरी झन् बढ्दै गएको बताएको छ । 


विनोद चौधरी १५६१ औँ धनी


नेपालका अर्बपति विनोद चौधरी विश्वको धनीहरुको सूचीमा १ हजार ५ सय ६१ औँ स्थानमा रहेका छन् । सिजी कर्पोरेसनका मालिक रहेका उनको सम्पत्ति बृद्धि भएर १.५ अर्ब डलर पुगेको छ । हाल उनी नेपाल काँग्रेसको तर्फबाट समानुपातिक सांसद रहेका छन् ।

छिमेकी राष्ट्र भारतका मुकेश अम्बानी ४०.१ अर्ब डलर सम्पत्ति सहित विश्वको १९ औँ धनी बनेका छन् ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved