रोबोटबाट चल्ने सिमेन्ट उद्योग सञ्चालनको तयारीमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 18, 2018 | 12:38:23 PM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो पटक हेटौडामा रोबोटबाट सञ्चालन हुने सिमेन्ट उद्योगले परीक्षण उत्पादन गर्ने तयारी थालेको छ । 

जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग प्रालि निर्माणको अन्तिम चरणमा पुगेको हो । दैनिक ५० केजी तौलको ५६ हजार बोरा सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता भएको उद्योगमा सिमेन्ट उत्पादनका लागि रोबोट प्रयोग गरिने उद्योगका परियोजना प्रमुख राजेश पिलाइले बताए । उद्योगको व्यवस्थापकदेखि बजार व्यवस्थापन र अन्य सहित तीनसय जनशक्ति लाग्नेछ उद्योगले बताएको छ । उत्पादन अनुपातमा जनशक्ति कम भएको र प्रविधिको हिसाबले पनि यो उद्योग नेपालमा पहिलो भएको यनले बताए । धुलो बाहिर जान नदिन अत्याधुनिक उपकरण जडान गरिएकाले वातावरणमा प्रतिकूल असर नपार्ने उद्योगका सञ्चालकहरु बताउँछन् । 

रिद्धिसिद्धि सिमेन्टले मकवानपुरको राक्सिराङ र निबुवाटारको चुनढुंगा खानीबाट कच्चापदार्थ आपूर्ति गर्ने छ । यसबाहेक चितवनको शक्तिखोरमा रहेको खानीबाट पनि चुनढुंगा आपूर्ति गरिने भएको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउँदा दैनिक १५ मेघावाट विद्युत् खपत गर्ने छ । नेपालमा सिमेन्टमा आत्मनिर्भर भईसकेको छ भने वर्षेनी १५ देखी २० प्रतिश उत्पादन बढीरहेको तथ्याङ्क छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved