सरकारले दोहोरो कर लगाएर व्यवसाय गर्ने वातावरण बिगारेको व्यवसायीहरुको आरोप

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 18, 2018 | 01:10:17 PM मा प्रकाशित

laxmi  sunrise bank

साना तथा मझौला व्यवसायीहरुले सरकारले दोहोरो कर लगाएर व्यवसाय गर्ने वातावरण बिगारेको आरोप लगाएका छन। गत बर्ष भदौ १ मा स्थापना भएको साना तथा मझौला व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको पहिलो स्थापना दिवसको अवसरमा बोल्दै महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले आफुहरुको समस्या नसुनेको आरोप लगाए। 

कटुवालले केरुङ नाकामा व्यवसायीहरुले खेप्नुपरेको समस्यामा बारेमा सरकारले वेवास्ता गरेको बताए। उनले भने ‘केरुङ नाकामा रसुवावासीलाई मात्र पास उपलब्ध गराउँदा आम व्यवसायीहरु मारमा परेका छन'। 

धुवाँधुलो तथा फोहरमुक्त वातावरण कायम गर्नुपर्ने, लगानीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने, न्यूनतम ब्याजदरमा व्यवसायी ऋण उपलब्ध गराउनुपर्ने, युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्नुपर्नेलगायतका समस्यालाई समेत महासंघले उठाइरहेको अध्यक्ष कटुवालको भनाई छ । 

व्यवसायीहरुले काठमाडौमा व्यवसाय गर्दा फोहोर र धुलोमैलोका कारण विरामी नै पर्ने गरेको जनाउँदै सफा र स्वच्छ काठमाडौं बनाउन आग्रह समेत गरे। प्रमुख अतिथिको रुपमा कार्यक्रममा उपस्थित काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्काले व्यवसायीका समस्यालाई आफुहरुले नजिकबाट बुझेको र महानगरपालिकाको तर्फबाट यसको सुनुवाई गरिने प्रतिवद्धता जनाइन।      

स्थापना दिवसको अवसरमा राजधानीमा शुक्रवार आयोजित ‘आँखादान तथा अन्तरकृया कार्यक्रममा’ ८३ जनाले नेत्रदान गरेका छन्। महासंघले गत फागुन ५ मा पहिलोपटक ऐतिहाँसिक महाधिवेशन गरेर नरेश कटुवालको अध्यक्षतामा पहिलो निर्वाचित कार्यसमिति चयन गरेको थियो । महासंघमा १९ वटा बिभिन्न संघहरु आबद्ध छन।     


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved