'दैनिक एउटा कानून बनाइरहेका छौं, यसको परिणाम केही समयभित्र देखिन्छ'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2018 | 10:31:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले सबल र सक्षम अर्थतन्त्र निर्माणको बाटोमा रहेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ड़ा  खतिवडाले केही सुचकहरु कजोर भएपनि नेपालको अहिलेको अवस्था खतरामुक्त रहेको बताए।

गएको दुई वर्ष ६ प्रतिशत माथिको उच्च बृद्धिदर कायम भएको र चालु वर्ष अझै उच्च बृद्धिको लक्ष्य राखिएकोले अर्थतन्त्र सबल रहेको तथ्यबाटै पुष्टि हुने उनले बताए। ‘नेपालको इतिहासमै लगातारको ६ प्रतिशतमो बृद्धि भयो, अझै ठुलो परिकल्पना गरेका छौ, यसले लगानी र बचतमा पनि प्रभाव पार्छ’ उनले भने। 

सरकारले लिएको बृद्धिदरको लक्ष्य हात पार्नको लागि दुई तिहाई लगानी निजी क्षेत्रबाट आउनुपर्ने र त्यसको लागि सरकारले वातावरण बनाइरहेको उनले बताए। निजी क्षेत्रको सहभागिता बिना समृद्धि सम्भव नहुनेमा सरकार स्पष्ट रहेको त्यसकै लागि कानून नियम निर्माणमा युद्दस्तरमा  लागिपरहेको उनले जानकारी गराए। 

कानून र प्रणालीलेमात्र निजी लगानीको सुरक्षण गर्ने भएकोले पहिले कानून निर्माण र त्यसको कार्यान्वयनका संस्थागत संरचना बनाउनेतिर सरकार लागिरहेको उनको भनाइ छ।

‘पछिल्लो समय दैनिक एउटा कानून बनाइरहेका छौं, हामीले यसको परिणाम केही समयभित्र देखिन्छ’ उनले भने,‘बजेट कार्यान्वयन भएको दुई महिना पनि भएको छैन यो बीचमा हामीले संस्थागत काम गरिरहेका छौं, हामीले खराब केही गरेका छैनौ, राम्रो गर्दा केही समय पनि लाग्दो रहेछ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved