बिभागमै थन्कियो साढे तीन लाख स्मार्ट लाइसेन्स, तिहारसम्म पनि वितरण नहुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 01, 2018 | 10:08:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बर्षदिन देखि स्मार्ट लाइसेन्सको पर्खाईमा रहेका सेवाग्राहीहरुले तिहारसम्म पनि लाइसेन्स नपाउने भएका छन। यातायात व्यवस्था बिभागले भारतको मद्रास सेक्युरेटी प्रिन्टर्सले छापेको नयाँ स्मार्ट कार्ड (लाइसेन्स) परीक्षण गर्न बोलपत्र आह्वान गरेकाले सेवाग्राहीले लाइसेन्स पाउन कम्तिमा पनि तिहार नै पर्खनुपर्ने भएको छ। 

ठेकेदार कम्पनी मद्रास प्रिन्टरले उपलब्ध गराएको कार्ड विभागले तोकेको मापदण्ड अनुसार भए नभएको परीक्षण गर्न बोलपत्र आह्वान गरिएको बिभागका प्रवक्ता गोकर्ण उपाध्ययले जानकारी दिए। 

उपाध्यका अनुसार मद्रास प्रिन्टरले छापेको कार्ड बापतको भुक्तानी दिनका लागि प्रकृयागत रुपमा मापदण्ड परिक्षण गर्न लागिएको हो। 'सम्झौता अनुसार भुक्तानी गर्नका लागि मात्रै मापदण्ड परिक्षण गर्न लागिएको हो, भूक्तानी दिनको लागी पनि परीक्षण गरेर ठिक छ भन्ने आधार त हुनुपर्यो, शंकास्पद भएर मापदण्ड परीक्षण गर्न लागिएको चाँही होईन' उनले भने।  

बिभागबाट लाइसेन्स परिक्षण गर्ने कम्पनीको छनोट गर्न बोलपत्र समेत आह्वान भईसकेको छ। लाइसेन्स परिक्षण गर्न चाहने कम्पनीले १५ दिनभित्र आवेदन दिनु पर्नेछ। ४५ दिनभित्रमा लाइसेन्स परिक्षण गर्ने कम्पनीको टुङ्गो लाग्नेछ। त्यसपश्चात बोलपत्र मार्फत छनोट भएको कम्पनीले २० वटा कार्डको परिक्षण गरेर विभागलाई बुझाउनु पर्नेछ। परिक्षणमा पास भए पश्चात मात्रै मद्रास प्रिन्टरले भुक्तानी पाउनेछ भने सेवाग्राहीमा लाइसेन्स बितरण हुनेछ।

लाइसेन्स बितरण गर्ने कम्पनीको छनौट गर्नै ४५ दिन लाग्ने र त्यसपश्चात मात्र परिक्षण गर्ने प्रकृया अगाडी बढ्नेछ। सबै प्रकृया सहि ढंगले अगाडी बढ्दा समेत लाइसेन्सले मापदण्ड पुरा गरेको छ भन्ने थाहा पाउने दुई महिना भन्दा बढी समय लाग्ने देखिन्छ। यस आधारमा बर्षदिन देखि लाइसेन्सको पर्खाईमा रहेका सेवाग्राहीहरुले लाइसेन्स पाउन थप दुई अढाई महिना कुर्नुपर्ने भएको छ। 

मद्रास प्रिन्टरले ११ करोड ७ लाख रुपैयाँमा साढे ७ लाख स्मार्ट लाइसेन्स आपूर्ति गर्ने ठेक्का पाएको हो। कम्पनीले ०.९७ अमेरिकी डलर अर्थात् प्रति लाइसेन्स १ सय रुपैयाँमा छाप्ने गरी टेन्डर पारेको थियो । साढे ७ लाख लाइसेन्स मध्ये ३ लाख ४२ हजार स्मार्ट लाइसेन्स बिभागमै थन्किएको छ भने बाँकी लाइसेन्स भारतबाट आउनेक्रममा छन। 

बिभागका प्रवक्ता उपाध्ययले लाइसेन्स परिक्षण नियमित प्रकृया भएको बताएपनि त्यहाँका महानिर्देशक लावण्यकुमार ढकालले बिभागमा आइसकेको ३ लाख ४२ हजार स्मार्ट लाइसेन्सको मापदण्डमा शंका उत्पन्न भएको बताएका छन। 

'स्मार्ट लाइसेन्सको मापदण्डमा शंका उत्पन्न भएको छ, परिक्षणमा पास भयो भने सेवाग्राहीलाई लाइसेन्स वितरण हुन्छ, तर मापदण्ड पुरा नभएको पाईएमा बिभागले कार्ड खरिद गर्दैन र भुक्तानी पनि गर्दैन' महानिर्देशक ढकालले भने।    

स्मार्ट लाइसेन्समा गम्भीर त्रुटी भएको खुलासा, बिभागका महानिर्देशक र प्रवक्ताको मत बाझियो

नयाँ मेसिनले काम नगरेपछि निजि कम्पनीबाटै स्मार्ट लाइसेन्स

६२ करोडले पनि पुगेन मन्त्री महासेठलाई, स्मार्ट लाइसेन्स छाप्ने जिम्मा फेरि भारतलाई

महिनौं बित्दापनि सेवाग्राहीले पाएनन स्मार्ट लाइसेन्स, मोबाइल सेवाबाट पैसा असुल्दै बिभाग


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved