नेपाली आकाशमा ७ वटा जहाज थपिँदै, कुन कुन कम्पनीले किन्दै छन् नयाँ जहाज ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 02, 2018 | 12:40:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एअर र श्री एयरलाईन्सले जहाज थप गर्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले स्वीकृति दिएपछि दुवै एयरले थप जहाज ल्याउन लागेका हुन् । 

बुद्ध एयरले ४ वटा जहाज ल्याउन पर्यटन मन्त्रालयबाट स्वीकृति पाएको छ भने श्री एअरले ३ वटा ल्याउन स्वीकृति पाएको छ । गत जुलाईमा एटीआर ७२–५०० ९९ एन–एएमयु जहाज ल्याएको बुद्धले फेरि अर्को जहाज ल्याउने तयारी थालेको बुद्ध एअरका बजार प्रवद्र्धक रुपेश जोशीले जानकारी दिए । ‘अहिले हामी प्लानिङमा छौँ, कुनै निर्णय भईसकेको छैन । चाँडै नै निर्णय गरेर खरिद प्रक्रियामा जानेछौं’ उनले भने, ‘अहिले थप जहाज ल्याउने विषयमा छलफल मात्र भएको हो, कुन कम्पनीमार्फत कति सिटे जहाज ल्याउने भन्ने विषयमा टुङगो लाग्न बाँकी छ ।’ 

त्यस्तै श्री एयरलाईन्सले पनि जहाज खरिद प्रकृया अघि बढाएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । उनका अनुसार श्री एअरले अब ७८ सिट क्षमताको जहाज ल्याउने छ । 

श्री एयरले ४ वटा जहाज खरिद गर्न पाउँ भनी फ्लाईट सेफ्टी स्ट्याण्डर्ड विभागमा आवेदन दिएको थियो । तर, विभागले ३ वटा मात्रै ल्याउने अनुमति दिएको छ । अनुमति पाएसँगै श्री एअरलाइन्स क्यानाडाबाट जहाज ल्याउने प्रकृयामा लागेको छ । 

अहिले बुद्ध र श्रीएयरलाईन्सका ११/११ वटा जहाज छन् । दुवै कम्पनीले जहाज थपेसँगै श्रीएयरलाईन्सको जहाज संख्या १४ पुग्नेछ भने बुद्ध एयरको जहाज संख्या १५ पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved