पाइलट देखाएर उडान रद्द गर्दै निगम, मन्त्रालय र निगमकै अधिकारी सम्पर्क बिहिन

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 13, 2018 | 12:34:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले वाइडबडी विमानको पाइलट ‘अभाव’ भएको भन्दै १ हप्तादेखी रातीको उडान रद्द गर्दै आएको छ । निगमसँग अहिले भएका दुईटा वाइडबडी विमानका लागि ५ क्याप्टेन र ६ कोपाइलट छन, तर पनि निगमले दोहालगायत खाडी मुलुकमा राति हुने उडान रद्द गर्दै आएको छ । 

११ मध्ये ३ पाइलट विदेशी छन् । उनीहरुलाई मासिक १५ देखि १८ लाख पारिश्रमिक दिइएको छ । ११ जना पाइलट भएर पनि उडान रद्द गर्नु आफूहरुलाई झुक्याउने काम भएको यात्रुहरुको गुनासो छ। अपरेशन विभागका अनुसार अहिले वाइडबडी विमान उडाउन तीन जना विदेशी र दुई जना नेपाली गरी ५ जना क्याप्टेन र ६ जना नेपाली कोपाइलट छन् । 

निगमले बुधबार रातिको उडान रद्द गरेको छ । विमानस्थलस्थित निगम कार्यालयका अनुसार १ सय ५१ जना काठमाडौंबाट दोहा जाने यात्रु थिए भने ९३ जना फर्किने यात्रु थिए । यिनलाई बिहीबार बिहानको नभई बेलुकीको ‘डिले–सेडियुअल’मा उडाउने तालिका बनाइएको छ । 

बुधबार मात्रै नभई मंगलबार राति पनि दोहाका लागि १ सय २० यात्रु विमानस्थलबाट फर्कनु परेको थियो । २ सय ७४ सिट क्षमताको वाइडबडी विमानमा काठमाडौंबाट १ सय २० जना दोहा जाने यात्रु थिए तर पाइलटको अभाव जनाउदै राति यात्रुहरुलाई होटलमा राखिएको थियो । निगमको यात्रु सेवा विभागका अनुसार उताबाट फर्किने २ सय १४ जनाको टिकट थियो । यी यात्रुलाई १२ घन्टापछि बुधबार बिहानमात्रै ‘डिले–सेडियुअल’ मा उडाइएको थियो । 

निगमसँग भएका दुईटा न्यूरोबडी विमानमध्ये सगरमाथा नाम दिइएको जहाज गत बिहीबारदेखी ग्राउन्डेड छ । निगमले मंगलबार विज्ञप्तीमार्फत एउटा जहाज ग्राउन्डेड भएका कारण उडान प्रभावित हुँदै आएको जनाएको छ । 

यसविषयमा थप जानकारी लिन नेपाल वायु सेवा निगमका प्रवक्ता शैलेष कसांकार र नागरिक उड्डन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायलाई सम्पर्क गर्दा फोन लागेपनि उठेन । पटक पटक फोन गर्दापनि उनीहरु दुवैले फोन काटेका छन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved