बन्ने भयो २० मेगावाटको कुन्बाङ खोला जलविद्युत आयोजना

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 18, 2018 | 05:57:09 PM मा प्रकाशित

laxmi  sunrise bank

म्याग्दीको मुडी गाउँपालिस्थित कुन्बाङ खोला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । सम्झौतामा आयोजना प्रबर्धक सुस्मित इनर्जी प्रा.लि. का अध्यक्ष सुशिल पोखरेल र नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले हस्ताक्षर गरे ।  

सम्झौता अनुसार यस आयोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले हिउँद (पुसदेखि चैतसम्म) मा ८ रुपैयाँ ४० रुपैया र बर्षात (बैशाखदेखि मंसिरसम्म) ४ रुपैयाँ ८० पैसा प्रतियुनिटका दरले खरिद गर्ने छ । 

कुन्बाङ खोलामा बहने पानीबाट २० मेगावाट विजुली निकालिने उक्त आयोजनाको बाँध म्याग्दीको मुदी गाउँपालिकाको दोभानमा निर्माण  हुनेछ । 

यस आयोजनाले बार्षिक ११५ दशमलव ५१ गिगावाट विद्युत उत्पादन गर्ने छ । यसले बर्षतमा १७.५५ गिगावाट र हिउँदमा  ९७.९६ गिगावाट विद्युत उत्पादन गर्ने प्रबर्धक सुस्मित इनर्जीका अध्यक्ष पोखरेलले जानकारी दिए । उत्पादित विजुली विद्युत प्राधिकरणको प्रस्तावित १३२ केभिए सवस्टेशनमा ल्याएर जोडिने छ । 

आयोजनाको कुल लागत ३ अर्ब ८० करोड अनुमान गरिएको छ । आयोजनाले बैंकबाट ७० प्रतिशत ऋण र विकासकर्ता कम्पनीबाट ३० प्रतिशत स्वपूँजी लगानी जुटाउने बताएको छ । यसैवर्ष लगानी जुटाएर अर्को वर्षदेखी काम सक्ने र ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने आयोजनाले जनाएको छ । २०२४ को फेबुअरीदेखि आयोजनाबाट व्यवसायीक विद्युत उत्पादन हुने कम्पनीको विश्वास छ । 

आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर छुट्याएको छ । यस्तै सर्बसाधारण लगानीकर्तालाई १५ प्रतिशत सेयर वितरण गरिने जनाईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved