पर्यटन वोर्डले किन पाएन बजेट ? यसो भन्छन् सिइओ ‘जोशी’

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 24, 2018 | 02:53:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन वोर्डले आर्थिक वर्षको चौथो महिनासम्म बजेट पाएको छैन । पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवारी पाएको निकाय पर्यटन बोर्डमा नै बजेट नपुगेपछि अहिले बोर्ड १० प्रतिशत पेश्की लिएर काम गर्दै आएको छ । 

बोर्डले भने बजेटको ड्राफ्ट तयार भईसकेको जनाएको छ । सरकारको जेठ १५ मा बजेट ल्याएपनि पर्यटन बोर्डले भने बल्ल मात्रै बजेटको ड्राफ्ट तयार पारेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशी भने बजेट नआएपनि बोर्डले गर्ने काममा कुनै बाधा नआएको बताउँछन् । ‘१० प्रतिशत पेश्की बजेटबाट काम भईरहेको छ, मन्त्रालयका सचिव ज्यू विदामा हुनुहुन्छ, अर्को हप्ता उहाँ आएपछि पक्का हुन्छ’ उनले भने । सिइओ जोशीले केही सञ्चार माध्यममा आए जस्तो आन्तरिक विवादका कारण बजेट नआएको भन्ने कुरा गलत भएको समेत बताए । 

पर्यटन बोर्डमा निजी क्षेत्र र सरकारीबाट सञ्चालकहरु हुन्छन् । सिइओ जोशीका अनुसार वर्तमान सरकारले अघिल्लो सरकारका निर्णय तथा नियुक्ति बदर गर्ने निर्णय गरेकोले केही ढिला भएको हो । सरकारी उक्त निर्णयका कारण बोर्ड सञ्चालक समितिका ३ सदस्यको नियुक्ति पनि बदर भयो । तर, उनीहरू अदालतबाट स्टेअर्डर लिएर पुनः बोर्डमा फर्किएका छन्  । अर्को हप्ता बोर्डको बैठक बस्ने र सबै समस्या समाधान हुने सिइओ जोशीको विश्वास छ । 

किन पास भएन बजेट ?

बोर्डले सञ्चालक समितिका सदस्य कृष्ण अर्यालको संयोजकत्वमा बजेट निर्माण समिति गठन गरी बजेट बनाएको छ  । समितिले बजेट ड्राफ्ट तयार पारिसकेको छ  । तर, पास भने हुन भइसकेको छैन ।

बोर्ड सञ्चालक समितिका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटा अहिले विदामा छन् । बोर्ड अहिले अध्यक्षको पर्खाइमा छ  । अध्यक्ष फर्किएलगत्तै बैठक बसेर बजेट पास गर्ने बोर्डको तयारी छ । यसअघि भने बार्डले ड्राफ्ट नै तयार पार्न नसकेपछि बजेट नआएको हो । 

बजेटमा डिजिटलाइजेशन प्राथमिकतामा 

पर्यटन बोर्डले तयार पारेको बजेटले डिजिटलाइजेशनलाई प्राथमिकतामा राखेको छ । विद्युतीय बजारीकरणलाई सुदृढ गर्नेतर्फ बजेट केन्द्रित रहेको बोर्डका सिइओ जोशीले बताए । ‘हामी डिजिटल माध्यममा जान खोजिरहेका छौं’ उनले भने, ‘योसँगै अन्तराष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधि, ब्लगर तथा टुर अपरेटर्सहरूको प्रवद्धर्नात्मक नेपाल भ्रमणलाई पनि प्राथमिकता दिनेछौँ ।’ ‘पहिला देश अनि विदेश’ नारा सहित यसवर्षलाई भिजिट नेपाल २०२० को तयारी वर्षका रूपमा मनाइने सिइओ जोशीले बताए । 

बोर्डले चालु आर्थिक वर्षमा १ हजार विदेशी सञ्चारमाध्यमका प्रतिनिधि तथा टुर अपरेटर्सलाई नेपाल घुमाउँदै छ । बजेटमा यस वर्ष २० वटा नयाँ गन्तव्यको डिजिटल क्षमता बढाइने पनि जनाईएको छ ।

यसअघि :

भिजिट नेपाल २०२० सफल पार्ने जिम्मेवारी कसको ?

‘भिजिट नेपाल २०२०’ को तयारी : अन्तराष्ट्रिय मिडिया र टुर अप्रेटरलाई नेपाल भ्रमण गराईदै 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved