सातदोबाटो–नारायणगोपाल चोक मेट्रो रेल : डीपीआर गर्न १९ कम्पनीको प्रस्ताब

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Mar 01, 2019 | 09:32:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने विद्युतीय मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न  १९ कम्पनीले इच्छा देखाएका छन। रेल विभागले डिपीआर तयार गर्न माग गरेको बोलपत्रमा १९ कम्पनीको प्रस्ताव परेको हो।  

चीन, जापान लगायत यूरोपियन मुलुकका परामर्शदाताबाट प्रस्ताव परेको विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए। सातदोबाटो–नारायणगोपाल चोकसम्म १२ किलोमिटर लामो मेट्रोरेलको डीपीआर निर्माण गर्ने कम्पनी छनोट गर्न न माघ १२ गते विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो । शुक्रबार प्रस्ताव बुझाउने अन्तिम दिनमा १९ वटा कम्पनीबाट प्रस्ताव पेश भएको हो। यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए। त्यही प्रतिवेदनका आधारमा डीपीआर तयार गर्नुपर्ने हुन्छ । परामर्शदाताको योग्यता, अनुभव र क्षमता (प्राविधिक पक्ष)को आधारमा डीपीआर तयार गराइने चित्रकारको भनाइ छ।

विभागले आह्वान गरेअनुसार आशयपत्र पेस गर्ने परामर्शदामध्ये पहिलो चरणमा प्राविधिक रूपमा प्रारम्भिक सूची छनोट गरिनेछ। प्रारम्भिक सूचीमा पर्न प्राविधिक मूल्यांकनमा न्यूनतम ७० अंक ल्याउनुपर्छ। विभागले योग्यता ४२, अनुभव ४८ र क्षमता १० अंक हुने बताएको छ । सूचीकृत भएका कम्पनीको आर्थिक र प्राविधिक प्रस्तावका आधारमा उत्कृष्ट कम्पनी छनोट गरिनेछ। सोही कम्पनीले डीपीआर तयार पार्नेछ। सूचीकृत भएका कम्पनीले विस्तृत सर्वेक्षण, ढाँचा र डीपीआर निर्माण गर्नुपर्नेछ।

विभागले चैतभित्र डीपीआर निर्माण गर्ने कम्पनी छनोट गर्ने लक्ष्य राखेको छ। कर्मचारी तथा उपकरण परिचालन गर्न तीन महिनाको समय हुनेछ। निर्माण कार्य सुरु गरिएको १२ महिनाभित्र डीपीआर पूरा गर्नुपर्ने हुन्छ। साथै, परामर्शदाताले साढे दुई महिनामा विभागलाई मेट्रोरेलको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनको मस्यौदा बुझाउनुपर्छ।

डीपीआर तयार गर्न प्रस्ताव गरेका परामर्शदातामध्ये एकले जिम्मा पाउनेछ । यी कम्पनीहरुको विभागबाट मूल्यांकन हुनेछ । विभागले बोलपत्रमा समावेश गरेको मापदण्ड पु¥याइउने परामर्शदातलाई प्रारम्भिक चरणमा सूचिकृत गरिने छ । सूचिकृत भएका परामर्शदातामध्येमा प्राविधिक रुपमा सभल देखिएकाको आर्थिक प्रस्ताव खोलिने छ । न्युन  आर्थिक प्रस्ताव पेश गर्ने परामर्शदाताले डीपीआरको जिम्मा पाउने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved