'उत्तम खेति मध्यम ब्यापार' यसै भन्थे बुढापाकाहरु। बैंसालुका लागि भने खेति गर्नु, माटोसंग खेल्नु घिनलाग्ने काम थियो। यिनै बैंसालु मध्य एक जना निस्किए रामदांग तामाङ, जो नौजवान भइकन पनि बुढापाकाको आवाज सुने।
आवाज मात्रै सुनेनन् उनले काम पनि गरे बुढापाकाहरुले भनेझै। रामदांग लागे माटोसंग खेल्न। लुकेको मोति निकाल्न उनले पहाड भत्काउन थाले।
दश बिस रोपनी गर्दै २ सय रोपनी जग्गामा फैलिएको छ उनको कृषि फार्म, सैलुंग एग्रिकल्चर प्रोडक्ट प्रालि। रामेछापको विकट डडुवा गाउँमा पुग्दा लाग्छ, रामदांगको काठमान्डौ पनि यहि हो, मन्थली वा जनकपुर पनि यहि हो।
सदाबहार हरियो हुने चिया र धेरै समय सिख्रै हुने किबी, महाऔषधिय गुण भएको लोठ सल्ला अनि मसलाहरुको राजा अलैची सबै छन् उनको फार्ममा। बिरुवा मात्रै होइन, म्या म्या कराउने बाख्रा देखि बुंगुर, खरायो र भैंसी समेत उनको फार्ममा छन्।
बहुला समेत भने
खाता पिता नौजवान मान्छे, मासिक १ लाखको पारिश्रमिक आउने हिमाल पावर लिमिटेडको जागिर। खुब रमाइलो थियो जिन्दगि। बाहिरि त्यो रमाइलोसंग रामदांगको भित्रि मन भने रमाइरहेको थिएन।
त्यसैले संगैका अरु साथीले काठमान्डौमा घर घडेरीका कुरा गर्दा उनि भने टोलाएर बस्थे। भन्छन- साथीले काठमान्डौको घडेरीका कुरा गर्दा मेरो मन भने दोरम्वा पखेरो डुल्न निस्कन्थ्यो।
उनलाई दोरम्वाले यसरि चुम्बक लगायो उनी उम्कनै सकेनन। फलत: मासिक लाखको जागिर छोडेर लागे दोरम्वा तिर। मावलीको जग्गा छदै थियो। अलि अलि आफुले पनि थपे अनि सुरु गरे सैलुंग एग्रिकल्चरल प्रोडक्ट प्रालि।
७ बर्ष अघि माटोसंग खेल्ने वाचा गरेर दोरम्वा पुगेका उनलाई उनका धेरै सहकर्मीले बहुला पनि भन्न भ्याए। तर उनको मन रोकिएन त्यसैले त अघिले काठमान्डौले सस्तोमा किवी खान पाएको छ। अझ उनको मन त र्को बर्ष किवी प्रति केजी १ सय ५० मा बेच्ने छ। गत साल सिजनमा ७ सय रुपैयाँ पर्ने किवी अहिले उनले ३ सयमा बेचिरहेको बताउछन।
मासिक २ लाख आम्दानी
२ सय रोपनी जग्गाको खेतीबाट मासिक २ लाख आम्दानी । तपाईलाई बिश्वास गर्न गाह्रो होला। तर आफुले मासिक २ लाख कमाउने बताउछन रामदांग। उनी भन्छन-किबीको फलले मात्रै ३ लाख दियो। बिरुवा त सिङ्गै छन। यस्तै चिया,लोठ सल्लाबाट आम्दानी आइरहेको छ। बाख्रा बंगुर सबै गर्दा बार्षिक २५ लाख त आम्दानी हुने तामांगले बताए । अबको केहि बर्षमा सबै लगानी उठेर त्यसपछि त बोनस र पेन्सन खाएर बस्ने हो, तामांग भन्छन।
लगानी १ करोड २५ लाख
हिमालमा काम गरेर कमाएको र ऋण धन गरेर उनले सवा करोड त कृषिमा लगानी गरि सकेका छन्। राज्यबाट कुनै सहयोग नपाएपनि उनि खेतिमा लागिरहने बताउछन। उनको प्रण छ- एक दिने डडुवाको दोरम्वा कृषि पर्यटन केन्द्र बनाउने।
तस्विर : चन्दा थापा