मर्चेन्ट बैंकमा कार्यरत कर्मचारीहरुको लागि दुई दिने तालिम सम्पन्न

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2016 | 12:42:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमिटेड, एनबिआई  र मर्चेन्ट बैंकर्श एशोसियसन अफ नेपाल, एमबिएएन  बिच भएको समझदारी अनुरुप दुई दिने तालिम सम्पन्न भएको छ । 

मर्चेन्ट बैंकमा कार्यरत कर्मचारीहरुको लागि  २०७३ पौष ११ र १२ गते  "Technical Analysis Strategies & Profit Optimization Techniques" तालिम प्रदान गरिएको एनबिआईले जनाएको छ। मर्चेन्ट बैंकमा कार्यरत ३४ कर्मचारीलाई तालिम प्रदान गरिएको हो।

यस किसिमको विषयगत तालीम कार्यक्रमहरु आवश्यक रहेको बताउदैं एमबिएएनका अध्यक्ष प्रविन रमन पराजुलीले यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिने बताए।

त्यस्तै नेपाल धितोपत्र वोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले समग्र मर्चेन्ट बैंकमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने कार्यका लागि यस प्रक्रारको तालिम सराहनीय रहेको बताउदै धन्यबाद समेत दिए। अध्यक्ष कार्कीले यस् किसिमको तालीमहरुको महत्व प्रकाश पार्दै धितो पत्र वोर्डले पूँजी बजारको लागि एउटा तालीम प्रतिष्ठान स्थापना गर्ने गृहकार्य गरी रहेको जानकारी पनि गराए।

Securities and Exchange Board of India का DGM हाल SEBI को तर्फबाट National Institute of Securities Markets मा कार्यरत् शाहिल मल्लिकले NISM का बारेमा जानकारी दिदै आगामी दिनमा मानव संशाधन विकासको कार्यमा संयुक्त रुपमा कार्य गर्ने संभावनाहरु धेरै रहेको जानकारी गराए।


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved