बीमा समितिको अध्यक्षमा डा रविन्द्र घिमिरे नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 08:45:01 PM मा प्रकाशित

laxmi  sunrise bank

बिमा समितिको अध्यक्षमा डा रबिन्द्र घिमिरेलाई नियुक्ति गरिएको छ। बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई समितिको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो। 

पोखरा विश्वबिद्यालयको निर्देशक पदमा कार्यरत घिमिरेलाई बिमा समितिको अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरीएको मुख्यसचिव सोमलाल सुवेदीले जानकारी दिएका छन। 

बिमा समितिको अध्यक्षमा नियुक्त गरिएका घिमिरेले सन् २०१५ मा बनारस हिन्दु विश्वविद्यालयबाट बीमा विषयमा विद्यावारिद्य हासिल गरेका छन भने बिगत ७ बर्षदेखी पोखरा विश्वविद्यालयमा वित्त शास्त्रमा अध्यापन गर्दै आएका छन। 

यस अघि घिमिरे त्रिभुवन विश्वबिद्यालयमा ९ बर्ष अध्यापन गरेका थिए भने आइक्यानमा ७ बर्ष काम गरेका थिए। बिमा समितिको अध्यक्ष पदको दौडमा रहेका चिरञ्जिवी चापागार्इ र रमेशकुमार भट्टरार्इ र घिमिरे मध्यबाट उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रस्ताबमा बिहिबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्ति गरेको हो।

घिमिरेले बीमा क्षेत्रको नियामक निकायको कार्यकारी प्रमुख पद आगामी चार वर्ष समाल्ने छन् । मितिको दुर्इ कार्यकाल विताएका प्रा डा फत्तबहादुर केसीको गत पुस ७ गते कार्यकाल सकिएको थियो।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved