भारतको बिजुलीले लोडसेडिङ हटेको होइन: कार्यकारी निर्देशक घिसिंङ् (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2017 | 02:22:07 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा आयात गरिएको बिजुलीले नभई आन्तरिक व्यवस्थापनका कारण लोडसेडिङ हटेको विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन। नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सबै विद्युतगृह पूर्ण क्षमतामा संचालनमा रहेको बताए। 

नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार गरेको छलफलमा  कार्यकारी निर्देशक घिसिङले कालिगण्डकी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दीलगायत नेपाल विद्युत् प्राधिकरणका सबै विद्युतगृह पूर्ण क्षमतामा संचालन भईरहेको र दैनिक ४ घण्टासम्म साँझ पूर्ण क्षमतामा सञ्चालन भइरहेको  बताए ।     

अघिल्लो वर्षको तुलनामा यो वर्ष नेपाल विद्युत प्राधिकरणका विद्युतगृहबाट उत्पादन २५ प्रतिशतसम्म बढेको छ। त्यस्तै औद्योगिक क्षेत्रमा दैनिक  २० घण्टा निरन्तर रुपमा बिदुयुत आपूर्ति भैरहेको र निकट भविष्यमा नै हाल कायम ४ घण्टा लोडसेडिङले समेत मुक्ति पाउने उनले बताए। 

लोडसेडिङ कसरी मुक्त भयो भन्ने बारे जिज्ञासा मेटाउने क्रममा कार्यकारी निर्देशक घिसिङले आफुहरुले कुनै चमत्कार नगरी हाल उपलब्ध विद्युतगृहको उत्कृष्ट व्यवस्थापन नै लोडसेडिङ मुक्तिको प्रमुख कारण रहेको बताए। आउंदै गरेका हिउँदे महिनामा चुनौतीपूर्ण रहेपनि आफुहरुले लोडसेडिङ मुक्त नेपाल बनाउन लागि परेको र नेपाली जनताले लोडसेडिङ भोग्न नपर्ने बिश्वास दिलाए।

साँझको भन्दा बिहानको बिजुली माग व्यवस्थापन गर्न गाह्रो हुँदै गएको बताउँदै उनले त्यस समयमा उद्योग सञ्चालन नगर्न उद्योगीलाई आग्रह गरे । विहान ५ देखि ९ वजेसम्म माग व्यवस्थापन गर्न प्राधिकरणलाई गाह्रो परेको उनले बताए। लोडसेडिङ मुक्त बनाउनका लागि यसमा उद्योगी, नेपाली जनता र सबैको साथ् आवश्यक रहेको उनले बताए।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved