५ करोड लगानीमा राजधानीमा खुल्यो सस्तो बजार, 'ब्रान्डेड र गुणस्तरीय सामान ४० प्रतिशत सस्तोमा'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2017 | 11:47:30 PM मा प्रकाशित

laxmi  sunrise bank

महँगोमा सामान किन्न्न बाध्य राजधानीबासीका लागि बैकल्पिक बजार खुलेको छ। उपभोक्तालाई सस्तोमा गुणस्तरीय र ब्रान्डेड सामान उपलब्ध गराउने लक्ष्य सहित काठमान्डौको धरहरा पछाडी ताहा गल्लीमा फेसन सस्तो बजार खुलेको छ. 

यस बजारमा कपडादेखि कस्मेटिक्ससम्मका आइटम अन्यत्र भन्दा ४० प्रतिशतसम्म सस्तोमा पाइने संचालक भेषराज पौड्यालले जानकारी दिएका छन। सस्तोमा सामान उपलब्ध गराउने प्रतिबद्दता जनाउदै पौडेलले यहाँ आउने उपभोक्ता गुणस्तर र मूल्यमा ठगिएको अनुभब गर्नु नपर्ने बताए। 

महंगीले हैरान भएका आम उपभोक्ताहरुलाई विदेशमा संचालनमा रहेको सस्तो (इकोनोमी) बजारको संस्कार नेपालमा पनि भित्र्याउने उद्देश्यले सस्तो बजार संचालनमा ल्याईएको संचालक पौडेल बताउछन। 

'उपभोक्तालाई सस्तोमा गुणस्तरीय सामान उपलब्ध गराउन सकियोस भनेर नै सटर भाडा समेत करिब ३ गुणा सस्तो रहेको छ' यस क्षेत्र वरिपरी ४० हजारको हाराहारीमा सटर पाइने भएपनि आफुहरुले १० देखि १५ हजारसम्ममा सटरहरु उपलब्ध गराएको पौडेलले बताए। 

यो बजारमा हाल ३६ वटा व्यवस्थित पसल रहेका छन। जहा एउटा पसलमा एक प्रकारको मात्रै सामान उपलब्ध हुने छ। यस बजारमा कपडा देहि कस्मेटिक सम्म, बाईक पारखीहरुका लागि हेल्मेट पसल, स्वदेशी तथा विदेशी ब्राण्डेड चस्मा, जुत्ता, लेहेंगा, साडी, फेन्सी, अन्डर गार्मेन्टका पसलका साथै १४ देशमा शाखा भएको लोकप्रिय अन्तराष्ट्रिय ब्राण्ड ब्रिलियर शैलुन समेत रहेको छ। 

यो बजारको कुल क्षेत्रफल २ रोपनी भएकाले पनि यस बजारमा सामान किन्न आउने उपभोक्ताले पार्कीङको समस्या भोग्न नपर्ने पौडेलले बताएका छन। बजारमा १०० वटा मोटरसाइकल र १० वटा गाडी पार्किङ गर्न सकिने उनले बताए। 

रेष्टुरेन्ट देखि शैलुनसम्मको व्यवस्था भएको यो बजार बिहान १२ बजेदेखि बेलुका ९ बजेसम्म खुला रहने छ। यस बजारमा आउने उपभोक्ताले विभिन्न प्रकारका अफर र छुट समेत पाउने छन। उपभोक्ताले ब्रान्डेड सामानमा समेत ५० प्रतिशतसम्म छुट पाउने र राष्ट्रिय पोशाक दौरा सुरुवाल १६ सयमै तयार गरिने पौडेलले बताए। जाडो मौसमको लागि एकहजार रुपैयाँदेखि नै ज्याकेटहरु बजारमा उपलब्ध गराइएको बताउदै हरेक मोबाइल खरिदमा उपहार देखि ब्यालेन्स सहितको सिमकार्ड उपभोक्ताले उपहारमा पाउने उनले बताए। 

मूल्य र गुणस्तर कायम गर्नको लागि एउटा संयन्त्र बनाएको र त्यसले पसलहरुको अनुगमन गर्ने पौडेलले बताए। नियमित ग्राहकहरुलाई भने ५ प्रतिशतसम्म छुटको व्यवस्था भएको पसलेलेहरु बताउछन्।  

बजार निर्माणका लागि ५ करोड लगानी भएको बताउदै नेपालका अन्य २५ ठाउँमा शाखाहरु स्थापना गरेर इकनोमी मार्केटको चेन स्थापना गरिने पौडेलले जानकारी दिए। उपभोक्ताहरुले सस्तोमा लग इन गरि अनलाइनबाट समेत सस्तोमा सामान खरिद गर्न सक्ने छन।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved