गणपति माइक्रोफाइनान्सको ३ नयाँ शाखा संचालनमा,विपन्नवर्गको जीवनस्तर उकास्न सघाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2017 | 08:19:33 PM मा प्रकाशित

laxmi  sunrise bank

तनहुँको दुलेगौडामा केन्द्रीय कार्यालय रहेको गणपति माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले ३ नयाँ शाखा संचालनमा ल्याएको छ।  मुग्लिङ, गजुरी र काभ्रेपलान्चोकमा नयाँ शाखा संचालनमा ल्याएको लघुवित्तले जनाएको छ। 

गत मसिर २४ देखि संचालनमा आएको लघुवित्तले मुग्लिङ-४ धार्केचोक, धादिङको गजुरी-१, र काभ्रेको नासिकास्थान -४ मा गरी ३ स्थानमा नयाँ शाखा संचालनमा ल्याएको हो। यससंगै लघुवित्तको शाखा संख्या ५ पुगेको छ।

माइक्रोफाइनान्सले गत कात्तिक ३० मा नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त गरी कारोबार सञ्चालनको अनुमति पाएको हो। माइक्रोफाइनान्सले विपन्नवर्गको जीवनस्तर उकास्न सघाउने अपेक्षा गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved