ट्राफिक व्यस्थापन गर्न महानगरलाई एनएमबी बैंकको ड्रोन उपहार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 14, 2017 | 05:52:57 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी बैंकले महानगरीय ट्राफिक महाशाखालाई ड्रोन उपहार दिएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक जाम कम गर्ने उद्देश्य ड्रोन उपलब्ध गराएको जनाएको छ।

बैंकका प्रमुख कार्यकारी निर्देशक उपेन्द्र पौडेलले ‘डेल्टा जुलियट इन्डिया ब्रान्डको पेन्टम फोर प्रो’ नामक हवाई विमान महाशाखाका प्रमुख प्रकाश अर्याललाई हस्तान्तरण गरे ।

उक्त विमान रिमोट कन्टोलमार्फत आकाशमा उड्ने र उपत्यकाको ट्राफिक अवस्थाबारे मोबाइलमार्फत महाशाखालाई जानकारी दिनेछ ।  अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ड्रोन (मानवरहित विमान) प्रयोग गर्ने भएको छ ।

महाशाखाका प्रमुख अर्यालले बढ्दो ट्राफिक जाम न्यूनीकरण गर्न तथा ट्राफिक उल्लङ्घनका घटना कम गर्न सो प्रविधिले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले ट्राफिक व्यवस्थापनका लागि प्रविधिका साथसाथै स्वयं सवारीधनी नै सचेत हुनुपर्नेमा जोड दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved