निर्माण सामग्रीको मूल्य बढेकोप्रति महासंघको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2020 | 10:48:17 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीको कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरिएकोप्रति आपत्ति जनाएको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गरी कोरोना भाइरसको संक्रमणको त्रासमा पनि सरकारी निर्णय बमोजिम निर्माणमा खटिएका व्यवसायी मारमा परेको उल्लेख गरेको छ । लकडाउन अघिभन्दा सिमेन्टको एक बोरामा ८० देखि १२० रुपैयाँ र रड प्रति केजी १० देखि र १५ रुपैयाँसम्म मूल्यवृद्धि भएको महासंघले जनाएको छ । 

पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहँदा पनि ढुवानीमा चर्को मूल्यवृद्धि हुनु अमान्य रहेको महासंघका महासचिव रोशन दाहालले बताएका छन् ।

बन्दाबन्दीको समयमा अतिआवश्यक सेवा र कोभिड–१९ सँग सम्बन्धित बाहेकका खरीद प्रक्रियाका बोलपत्र सामान्य अवस्थामा फर्केको सात दिनसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था हालसम्म लागू नभएको भन्दै महासंघले त्यसका लागि पुनः अनुरोध गरेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved