‘ब्रोकर अफ दि ईयर’को उपाधि सोनाटालाई, ब्रोकरहरुलाई ९ बिधामा पुरस्कृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2017 | 03:40:46 AM मा प्रकाशित

laxmi  sunrise bank

मेक्स एनुवल अवार्ड २०१६ अन्तर्गत ‘ब्रोकर अफ द इयर’ सोनाटा इनभेष्टमेन्ट प्रालीले  जितेको छ। मर्कन्टाईल एक्सचेन्ज नेपाल लिमिटेडद्वाता आयोजित मेक्स एनुवल अवार्ड २०१६ को अवार्ड विभिन्न ब्रोकरहरुलाई ९ बिधामा पुरस्कृत गरिएको छ। 

बजार सहभागीहरुलाई प्रोत्साहित गर्न र स्वच्छ प्रतिस्पर्धालाई स्थापित गर्न मर्कन्टाईल एक्सचेन्ज नेपाल लिमिटेडले सो कार्यक्रम आयोजना गरेको हो ।  मेक्सले आफ्ना ब्रोकरहरुको निष्ठा, परिश्रम, क्षमता तथा कार्यकुशलतालाई पहिचान गराउन यो कार्यक्रम वार्षिक रुपमा आयोजना गर्दै आइरहेको छ । 

उक्त कार्यक्रममा यो बर्ष बिभिन्न ब्रोकरहरुलाई ९ बिधामा पुरस्कृत गर्नुका साथै विशिष्ट योगदान दिने अन्य विभिन्न सरोकारवालाहरुलाई पनि सम्मानित गरिएको छ। 

कार्यक्रममा मेक्सले कारोबारका लागि अर्को क्षेत्रको रुपमा अपसन ट्रेडिङ्ग समेत उपलब्ध गराउने जानकारी दिएको छ । अव नेपालका कमोडिटी कारोबारीहरुले माघ १० गते देखि अपसनमा समेत कारोबार गर्न सक्नेछन् । 

विभिन्न ब्रोकरहरुलाई ९ बिधामा पुरस्कृत:

अन्तर्रा्ष्ट्रिय बजारमा निकै लोकप्रिय रहेको अपसन कारोबार नेपालमा भने मेक्सले पहिलो पटक कारोबारका लगि ल्याएको हो । हाल मेक्सले अपसन करोबार एन्ड्रोइड भर्जनमा मात्र उपलब्द गराएको छ । यसलाई डाउनलोड गर्न गुगल प्ले स्टोरमा गएर मेक्सन अप्सन ट्रेडर टाइप गरी खोज्न सकिने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved