सिटिजन्स बैंकलाई साफाको बेस्ट प्रिजेन्डेट अनुअल रिपोर्ट अवार्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 30, 2017 | 12:16:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंक इन्टरनेशनल साउथ एशियन फेडरेशन अफ अकाउण्ट्स (साफा)को बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्डबाट सम्मानित भएको छ। बंगलादेशमा आयोजना गरिएको यस कार्यक्रममा बैंकले सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स र प्राइभेट सेक्टर बैंकमा सर्टिफिकेट अफ मेरिट पनि प्राप्त गरेको छ।

दक्षिण एशियाली राष्ट्रहरुको चार्टड एकाउण्टेन्टस संस्थाहरुको संगठन साफाले कमिटी फर इमप्रुभमेन्ट इन ट्रान्सपरेन्सी अकाउन्टाविलीटी एण्ड गर्भनेन्स अफ द पव्लिस एनुअल रिपोर्टद्धारा गरिएको मूल्यांकनका आधारमा बार्षिक रुपमा वितरण गर्दै आएको हो ।

बैंकले वित्तीय विवरणलाई पारदर्शी, उत्तरदायी र सुशासनमा सुधार गर्दै अघि बढेकाले यस अवार्डबाट सम्मानीत गरिएको आयोजकले जनाएको छ। 

यसै वर्ष बैंकको उक्त वित्तीय विवरणले इन्ष्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्टस अफ नेपालद्वारा प्रदान गरिने वेस्ट प्रिजेन्टेड रिपोर्ट अवार्ड समेत प्राप्त गरेको थियो। 

बैंकले आगामी दिनमा पनि उत्कृष्ट बार्षिक वित्तीय विवरण प्रकाशन गर्ने तथा संस्थागत सुशाशनलाई थप पारदर्शी तथा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved