आइसिटीलाई विकाससँग जोड्ने सरकारको योजना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 30, 2017 | 06:48:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सूचना, सञ्चार र प्रविधिलाई विकाससँग जोड्ने सरकारको योजना रहेको छ। कम्प्युटर एसोसिएसन नेपाल महासङ्घद्वारा आयोजित ‘सुबिसु आइसिटी सम्मेलन- २०१७’ को उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले यस्तो बताएका हुन। 

पछिल्लो समय राज्यले देशको विकास प्रक्रियालाई आइसिटीसँग जोड्नुपर्छ भन्ने महसुस गरेको मन्त्रि कार्कीले बताएका छन्। नेपालसंगै केहि मुलुक प्रविधिमा धेरै पछाडी रहेको र अहिले ति मुलुक आईसिटिमा धेरै अगाडी बढेको बताउदै मन्त्रि कार्कीले यसका लागि नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका निकायलाई निर्देशनसमेत दिईसकिएको बताएका छन्। 

बढ्दो सूचना प्रविधिको विकाससंगै अहिले हुलाक सेवा काम बिहिन देखिएको बताउदै मन्त्रि कार्कीले हुलाक सेवालाई सुचना केन्द्र र सूचना बिभागलाई सुचना भण्डारणको रुपमा काम गर्ने गरि मन्त्रालयले प्रक्रिया अगाडी बढाएको बताए। 


त्यस्तै सञ्चार सचिव महेन्द्रमान गुरुङले आइसिटीको प्रयोग बिना मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकास हुन नसक्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासङ्घका अध्यक्ष विनोद ढकालले महासङ्घले सूचना, सञ्चार तथा प्रविधिबारे सरकारसँग हातेमालो गरेर अगाडि बढ्न खोजिरहेको बताए । 

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा आइसिटीबारे कार्यपत्र प्रस्तुत र त्यसमाथि छलफल हुने जनाइएको छ। सम्मेलनमा दक्षिण कोरिया, भारत, जर्मनीलगायत विभिन्न देशका आइसिटी विज्ञको सहभागिता रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved