आकर्षक ब्याजदर सहित एभरेष्ट वैंकको 'सौगात बचत खाता' पुन संचालन 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2017 | 04:57:00 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले आकर्षक ब्याजदरमा सौगात बचत खातालाई पुनः सुरुवात गरेको छ। बचत तथा मुद्धती खाता दुबैको मिश्रण भएको यस खातामा स्वीप इन र स्वीप आउटको सुबिधा रहेको बैंकले जनाएको छ।

उपभोक्ताले यस खातालाई बचत खाताको रुपमा प्रयोग गर्न सक्ने र लामो अवधिको लागी रहने रकममा अति आकर्षक ब्याजदर पाउने बैंकले जनाएको छ। यस खातामा उपभोक्ताले ७% देखि ९% सम्म ब्याज प्राप्त गर्दछन् ।

बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले एसियन पेन्टस् न्युबिज “बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३” का साथै आ.ब. २०६८÷०६९मा “वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता” को सम्मान प्राप्त गरेको थियो।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved