संचालनमा आएको २ बर्षमै बीपी राजमार्ग भासियो, राजमार्ग अवरुद्ध (तस्विर)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 20, 2017 | 08:48:53 PM मा प्रकाशित

laxmi  sunrise bank

विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने त्रिवेणी भन्ने ठाउँमा सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएरति सुनकोशी नदिमा खसेको स्थानीयले बताएका छन। 

सडक गएरति सुनकोशी नदिमा खसेपश्चात गए राति ११ बजे देखि बिपी राजमार्ग अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए ।

भासिएको सडक मुनि सुनकोशी नदी भएकाले तत्काल बाटो खुलाउन केही समस्या देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उत्तमप्रसाद बराल बताएका छन। उनका अनुसार करिब २० देखि ३० फिट सडक भासिएको छ। सडक भासिएपछि रामेछाप, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुलीसहित सिन्धुली-बर्दिबासभएर पूर्व जाने यात्रुलाई समस्या भएको छ । 

दुई वर्षअघिदेखि संचालनमा आएको बीपी राजमार्ग जापान सरकारले बनाएको हो। राजमार्गमा मोटरसाइकलसमेत नछिर्ने गरी राजमार्गको भित्तोसहित तल भासिएको बताइएको छ। बैकल्पिक सडक निर्माण कति बेला निर्माण हुन्छ भन्ने यकिन नभाको बताउंदै अलपत्र परेका यात्रु तथा सवारीलाई गन्तब्यमा पुर्याउन लागी परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक बरालले बताए।   

तस्बिर: युडी लामा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved