कृषि उद्यमी तथा नयाँ स्टार्टअपहरुलाई लगानी जुटाउने अवसर, फागुन २७ सम्म आबेदन खुला 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 22, 2017 | 09:22:08 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि उद्यमीहरुलाई लगानीको अवसर जुटाउने उदेश्यले नेपाल अन्टरप्रिनर्स हबले आबेदन खुला गरेको छ। २० उत्कृष्ट कृषि ब्यवसाय र ५ उत्कृष्ट नयाँ स्टार्टअप तथा व्यवसाय विचारलाई लगानीको अवसर प्रदान गरिने नेपाल अन्टरप्रिनर्स हबले जनाएको छ। 

नेपाल अन्टरप्रिनर्स हबको आयोजना तथा विश्व बैंक र इन्फो डेभको सहयोगमा संचालन हुन लागेको 'एग्री बिजनेश बूटक्याम्प २०१७' मा भाग लिन  इच्छुक कृषि व्यवसायी र स्टार्टअपले फागुन २७ २०७३ सम्म आबेदन दिन सक्ने नेपाल अन्टरप्रिनर्स हबका कम्युनिकेसन अफिसर ललित बस्नेतले बिजपाटीलाई बताएका छन।

'एग्री बिजनेश बूटक्याम्प २०१७' मा आबेदन दिने मध्ये २० उत्कृष्ट कृषि ब्यवसाय र ५ उत्कृष्ट नयाँ स्टार्टअप तथा व्यवसाय विचारलाई छानिने छ। त्यस पश्चात छानिएका कुल २५ व्यवसायलाई साता ब्यापी गहन बूट क्याम्प (इँट) मा उचीत परामर्श तथा व्यवसायिक सिप प्रदान गरिने छ। 

यस बुट क्याम्पबाट उचित परामर्श तथा व्यवसायिक सिप हासिल गरेका उत्कृष्ट २० व्यवसायीलाई कृषि व्यवसाय आधुनिकीकरण केन्द्रलाई हस्तान्तरण गरिनेछ। यसरी हस्तान्तरण गरिएका ब्यवसायलाई आवश्यकता र उनीहरुको भावी व्यवसायिक योजना अनुसार कृषि व्यवसाय आधुनिकीकरण केन्द्रले लगानीको अवसर प्रदान गर्ने छ। 

कसले आबेदन दिन सक्ने छ ?
नेपाल अन्टरप्रिनर्स हबले दिएको जानकारी अनुसार पछिल्लो २-३ बर्षदेखि राम्रो व्यवसाय गर्दै आएको र बजारमा उक्त व्यवसायको माग रहेका र व्यवसायलाई थप बिस्तार गर्न लगानीको आवश्यकता रहेका कृषि व्यवसायीहरुले यस प्रक्रियामा भाग लिन सक्ने छन। 

त्यस्तै कृषि व्यवसाय आधुनिकीकरण केन्द्रले नयाँ स्टार्टअप तथा व्यवसाय विचारलाई समेत लगानीको अवसर जुटाउने भएकाले यस प्रक्रियामा रहनका लागि भने पहिले देखि नै व्यवसाय गरिरहेको हुनु पर्ने छैन।   

उत्कृष्ट २० व्यवसायका लागि  छनौट प्रक्रिया 
फागुन २७ सम्म आबेदन दिने मध्येबाट ५० वटा व्यवसायलाई सर्ट लिस्ट गरिने छ। सर्ट लिस्ट गरिएका व्यवसायलाई गहन बुट क्याम्पमा राखेर उचित परामर्श तथा सिप प्रदान गरिने छ। 

यस गहन बुट क्याम्प मार्फत सम्भावना बोकेका २० उत्कृष्ट व्यवसायको छनौट हुने छ। यसका लागि कम्पनी दर्ता भई पछिल्लो २-३ बर्षदेखि व्यवसायमा राम्रो गर्दै आएको हुनु पर्ने छ। 

बुट क्याम्पमा उत्कृष्ट भएका उत्कृष्ट व्यवसायीलाई नेपाल अन्टरप्रिनर्स हबले कृषि व्यवसाय आधुनिकीकरण केन्द्रलाई हस्तान्तरण गर्ने छ। र कृषि व्यवसाय आधुनिकीकरण केन्द्रले आवश्यकता अनुसार लगानीको अवसर जुटाउने छ।

नयाँ स्टार्टअप तथा व्यवसाय विचारका लागि छनौट प्रक्रिया 
यस योजना अन्तर्गत रहेर आबेदन दिनेको हकमा पहिले नै व्यवसाय दर्ता गरेर संचालनमा हुनु पर्ने अनिवार्यता रहने छैन। आवेदकसंग सम्भावना बोकेको व्यवसायको योजना तथा बिचार हुनु पर्ने छ। 

यस प्रक्रियामा रहेर आबेदन दिएका कुल आवेदक मध्येबाट नेपाल अन्टरप्रिनर्स हबले ६५ आबेदनलाई शर्ट लिस्ट गर्ने छ। शर्ट लिस्ट गरिएका ६५ नयाँ स्टार्टअप तथा व्यवसाय विचारलाई गहन बुट क्याम्पमा राखेर उचित परामर्श तथा सिप प्रदान गरिने छ। 

यस गहन बुट क्याम्प मार्फत सम्भावना बोकेका ५ उत्कृष्ट नयाँ स्टार्टअप तथा व्यवसाय विचारलाई नेपाल अन्टरप्रिनर्स हबले कृषि व्यवसाय आधुनिकीकरण केन्द्रलाई हस्तान्तरण गर्ने छ। र कृषि व्यवसाय आधुनिकीकरण केन्द्रले आवश्यकता अनुसार लगानीको अवसर जुटाउने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved