बजाज पल्सरको नयाँ बाइक नेपाली बजारमा, यस्ता छन् फिचर्स

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 24, 2017 | 03:47:42 AM मा प्रकाशित

laxmi  sunrise bank

बजाज पल्सर एनएस १६० ‘पावर टू प्ले’–नेपाली बजारमा सार्वजनिक गरिएको छ। पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले नेपालमा नयाँ पल्सर एनएस १६० सार्वजनिक गरेको हो। 

नयाँ पल्सर एनएस १६० मा अल न्यू डिटिएस आई १६०.३ सीसीको ओइल कुल्ड सिंगल सिलिण्डर इन्जिन रहेको छ । यो मोटरले १५.५ पिए एट दि रेट ८,५०० आरपीएमको शक्ति तथा ६,५०० आरपीएममा १४.६ एनएमको अधिकतम टर्क उत्पन्न गर्दछ ।

यो बाइकमा न्यूनतम हेड फेयरिंग रहेकोछ, जसमा ५५ वाटको हेलोजिन हेडल्याम्प, नयाँ फ्यूल फिलर क्याप, एनालग टुयाक्टोमिटरका साथमा डिजिटल इन्स्ट्रुमेन्ट प्यानेल, निट्रोमोनो सक रियर सस्पेन्सन, सिल्भर फिनिस सेन्टर स्टे एण्ड रियर फुट रेस्ट, एयर डिफ्लेक्टिंग कोल, क्लियर लेन्स इन्डिकेटरहरु छन् । यसको पछाडिको भागमा, स्प्लीट एलईडी टेल ल्याम्प राखिएको छ । 

पल्सर एनएस १६० प्यासन रेड, पर्ल मेटालिक ह्वाइट र सापिरे ब्लू मिक्ड स्टेन ब्ल्याक कलरमा आउँछ । यो मोटरसाइकल देशभरीका बजाजका शोरुमहरुमा शुरुवाती मूल्य रु २,५९,९०० मा उपलब्ध छ ।

बजाज पल्सरले उच्चतहको उत्पादन डिजाइन तथा विशिष्ट ईन्जिन प्रविधीमा ध्यान केन्द्रित गर्नु नै ठुलो हिस्सा बजाजले ओगट्नुको कारण रहेको हंसराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले बताएका छन। 'यो पल्सर परिवारमा नयाँ हिस्सा हो, हामी फेरी यो क्षेत्रमा नयाँ कन्स्पेस्टका साथ अगाडि आएका छौं । हामी यो विश्वास्त छौं कि पल्सर एनएस १६० ले चालकहरुको अपेक्षालाई पुरा गर्दै पावर टू प्ले भन्ने मुल मन्त्रलाई अंगिकार गर्नेछ ।’ उनले भने।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved